समाचार

यूनाइटेड क्लबले वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

पोखरा । सामाजिक काममा अग्रणी यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन… पुरा पढौ

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी

चैत २९ बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताए । उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । “राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै… पुरा पढौ

पोखरामा मात्रै २० लाख पर्यटक भित्र्याउन सकिन्छ : पर्यटन परिषद अध्यक्ष श्रेष्ठ

पोखरा । पोखरामा मात्रै वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि शुरु भएको तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । पोखरामा अहिलेपनि वार्षिक १० लाख पर्यटक पोखरा आउने गरेको दावी गर्दै संघ, प्रदेश र स्थानिय सरकारले स्पष्ट योजना ल्याएर सहकार्य गरेमा २० लाख पर्यटक पोखरामा भित्र्याउन कुनै समस्या नहुने उनको भनाई थियो । पुरा पढौ

पोखराको फेवा किनारमा ‘१९ औं फेवा नव बर्ष महोत्सव’ शुरु

चैत २९ पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गरे । महोत्सवको आरम्भ गर्दै आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवा तालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी… पुरा पढौ

देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

चैत २९ ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका छन् । आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पु¥याउनका लागि हरेक कार्यकर्तामा… पुरा पढौ

पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु बरामद

पोखरा, चैत २९ पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनी प्रदुषण गर्ने १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजाहरु बरामद गरेको जनाएको हो । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर–३ स्थित तेर्सापट्टीका विभिन्न स्थानमा बेच्न राखिएका ७१५ वटा साना तथा ठूला प्लाष्टिकका ध्वनी प्रदुषण गर्ने बाजाहरु बरामद गरिएको छ । त्यस्तै पोखरा–६ लेकसाईडबाट १२०० वटा ध्वनी प्रदुषण गर्ने साना तथा ठूला प्लाष्टिकका बाजाहरु बरामद गरिएको जिल्ला… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त

पोखरा, चैत २९ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नम्बर–१ निवासी अधिकारीलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघी गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । पुरा पढौ

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रू छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अनुमान छ । उनका अनुसार समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रू सात खर्बभन्दा बढीको… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा इदको शुभकामना

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई… पुरा पढौ

ध्वनि प्रदूषण भएको भन्दै पोखरामा प्रहरीद्धारा प्लास्टिकका बाजा बरामद

पोखरा । कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका–३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरामा बिहीबारबाट फेवा महोत्सव सुरु हुँदै छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ । चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो… पुरा पढौ