समाचार

साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो

फागुन २४ काठमाण्डौं । नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २–० गोलअन्तरले पराजित भएको थियो… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमीफाइनल प्रवेश

फागुन २४ पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो… पुरा पढौ

गण्डकी प्रदेश सभाको चालु अधिवेशन विहीबार रातीदेखि अन्त्य

पोखरा, फागुन २४ गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् । चालु अधिवेशन हठात रुपमा अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रदेश प्रमुखको कार्यालयकी अधिकृत प्रमिला गौतमले प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको जनाएकी छन् । यसअघि मन्त्री परिषदको आकस्मिक रुपमा बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो… पुरा पढौ

पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न

पोखरा । पोखरामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न भएको । नेपाल पत्रकार महासंघ कास्की शाखा,सञ्चारिका समुह गण्डकी प्रदेश,इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामो उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापामगरले समाज परिवर्तनमा सञ्चारको महत्वपुर्ण भुमिका रहेकोले पत्रकारहरुले सुचना र समाचार प्रवाह गर्दा लैङगिक सम्वेदनशिलतालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले दिवस र अभियानमा मात्र… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख… पुरा पढौ

पोखराको बाटुलेचौरमा रहेको सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण

पोखराको बाटुलेचौरमा रहेको प्राचिन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण कार्य सम्पन्न भएको छ । संरक्षण र वजेटको अभावमा लामो समय देखि जीर्ण रहेका उक्त सम्पदाको गण्डकी प्रदेश सरकार र स्थानियको सहयोगवाट पुर्ननिर्माण गरिएको पुर्ननिर्माण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए । परापुर्व काल देखि नै अमाली बिसौनीमा रहेको उक्त सम्पदा संरक्षणमा स्थानियले चासो देखाए पनि आर्थिक अभावले काम हुन नसकेकोमा प्रदेश सरकारको सहयोगमा सो कार्य भएको अध्यक्ष बस्नेतले वताए । तत्कालिन भौतिक योजना तथा पुर्वाधार… पुरा पढौ

अन्योलमा गण्डकीको सत्ता-राजनीति

केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा (एमाले)( र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने… पुरा पढौ

मादी नदीको ‘आर्क डिजाइन’ पुलस् १२ प्रतिशत प्रगति

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका–५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ । उनले भने, “हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ ।” पाण्डेका अनुसार पुल निर्माण… पुरा पढौ

सात महिला चलचित्रकर्मी सम्मानित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकि छन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहालछन । उनीहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन । उनले भनिन ,“चलचित्र ऐनले महिलालाई… पुरा पढौ

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए। “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि… पुरा पढौ