समाचार

पोखराकी बहादुर छोरी रञ्जना ! जसले कलेजो दिएर बचाईन् आफ्नै बुबा

पोखरा, फागुन २५ छोरा हुन् वा छोरी, बुबाआमाका लागि दुबै कलेजोका टुक्रा हुन् । जसलाई हुर्काउन आमाबुबाले सारा दुःख बिर्सिन्छन् । तर छोराछोरी ठूला भएपछि बा–आमा बिर्सिन्छन् भन्ने आम धारणा छ । त्यहि भएर होला नेपालीमा एउटा आहान छ,‘बाह्र भाई तेह्र नाती, बुढाको धोक्रो काँधै माथी ।’ यसो भनेर समाजमा सबै सन्तान खराब नै हुन्छन् भन्ने छैन । नपत्याए पोखराकी रञ्जना बराललाई हेरे पुग्छ । हो, पोखरा महानगरपालिका वडा नम्बर–३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबालाई जीवनदान दिएकी छन् ।… पुरा पढौ

अन्तराष्ट्रिय श्रमिक महिला दिवस : पोखरा लेडि जेसिज र एभरेस्ट एफ.एमद्वारा अन्तरक्रिया

फागुन २५ पोखरा । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा लेडि जेसिज र एभरेस्ट एफ.एम ९३ मेगाहर्जको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘महिलामा लगानी : सभ्य र समुन्‍नत समाजको थालनी’ भन्‍ने नारासहित विश्वभर मनाइँदै गरेको दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ ले महिला हिंसाबारे प्रष्ट पार्दै कानूनमा महिला अधिकारको स्पष्ट व्यवस्था उल्लेख गरिएको भएपनि कार्यान्वयनमा ठूलो चुनौती रहेको बताइन् । उनले महिलाहरु आर्थिकरुपमा सशक्त हुन सकेमात्रै पनि यस्ता घटनाबाट बाहिर… पुरा पढौ

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

फागुन २५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना,… पुरा पढौ

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक : सभापति देउवा

फागुन २५ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस दिवसले त्यसमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त… पुरा पढौ

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

फागुन २५ काठमाण्डौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका… पुरा पढौ

८ मार्चको अवसरमा श्रमिक महिलासॅंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण

पोखरा । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) अवसरमा श्रमिक महिलासॅंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सञ्जाल कास्कीको आयोजनामा भएको हो ।यस बर्षको ११४ औं दिवसको नारा “महिलामा लगानि : सभ्य र समुन्नत समाजको थालनी” रहेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडा नम्बर ९ महिला सशक्तिकरण र उद्यमशिलताकालागि सदैव मैत्रीपूर्ण रहेको बताए । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य… पुरा पढौ

शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई

पोखरा । पोखराको पर्स्याङस्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई आज कक्षा ९ का विद्यार्थीले बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् । बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे । ‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ ।… पुरा पढौ

धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला

फागुन २४ धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक… पुरा पढौ

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

फागुन २४ काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे । “मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भने, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।” रासस पुरा पढौ

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन विदेशमन्त्री लाभारोभलाई अनुरोध

फागुन २४ काठमाण्डौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै… पुरा पढौ