समाचार

सहारा विद्यालयलाई नेस्ट पोखराले सघाउने

पोखराको शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई नेस्ट पोखराले सहयोग गर्ने भएको छ । नव बर्षको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १ सय भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले संस्थाले विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको वताए । नेष्ट… पुरा पढौ

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो ।यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ ।सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता… पुरा पढौ

पोखराका होटेल ९० प्रतिशत भन्दा बढी भरिभराउ

नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत भन्दा बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ नेपाल,पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए। प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै… पुरा पढौ

नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो सार्वजनिक

चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । पात्रो सार्वजनिक गर्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र… पुरा पढौ

नयाँ वर्ष २०८३ प्रारम्भ, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग… पुरा पढौ

पोखरा महानगरको सार्वजनिक सुनवाइमा फेवातालकै चर्चा

पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् । कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र भएका संरचना हटाउने कार्यसँग सम्बन्धित रहेको थियो । कतिले… पुरा पढौ

एगा पोखराले गर्यो क्यान्सर पिडितलाई सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले क्यान्सर पिडित बुद्धिबहादर क्षेत्री र मीरा पन्तलाई आर्थिक सहयोग गरेको छ । नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज आयोजित शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रममा संस्थाका सदस्य समेत रहेका पिडित क्षेत्री र पन्तलाई सहयोग गरेको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि… पुरा पढौ

बेगनासताल बराह क्षेत्र विकास संस्थामा सुरेन्द्र

बेगनासताल बराह क्षेत्र विकास संस्था, पोखरा –३१, बेगनासको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटा निर्विरोध निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित भएका छन्। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने… पुरा पढौ

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।” प्रधानले आइतबारमात्रै एक हजार बढी… पुरा पढौ

फेवा महोत्सवमा पर्यटकबिच दौड,क्यानडाका मिलरोइ प्रथम

पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान… पुरा पढौ