समाचार

रसुवा बाढीपीडितलाई महिला समाज कल्याणको एक लाख बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरामा रहेका बिभिन्न आमा समुहले सहयोग अभियानलाई जारी राखेका छन् । बाढीबाट प्रभावित नागरिकका लागि लामाचौरमा रहेको महिला समाज कल्याण आमा समुहले एक लाख बढी सहयोग गरेको छ । समुहले संकलन गरेको १ लाख ६ हजार ५८० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमाजम्मा गरिएको अध्यक्ष लायन हिरा भण्डारीले जानकारी दिईन् । संकलित रकमबाट बचेको १ हजार ४५ रुपैयाँ एक क्यान्सर पिडित युवालाई सहयोग गरिएको उनले बताईन् ।समुहले संचालन गरेको अभियानमा समुहमा… पुरा पढौ

शव पहिचान गर्न पोखरामा २५ जना आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए । बाढीमा परी ज्यान गुमाएकामध्ये एक सय दुई शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति… पुरा पढौ

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई… पुरा पढौ

तालबाराही स्कुलमा क्षेत्रलाल प्रतिष्ठानको पुरस्कार

पोखरा । तालबाराही मावि लेकसाईडमा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पुरस्कार वितरण गरेको छ । १९ सेक्सनबाट आन्तरिक परीक्षामा उत्तीर्ण ५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई पुरस्कार वितरण कार्यक्रममा होटल संघ पोखराको अध्यक्ष लक्ष्मण सुवेदीले प्रतिष्ठानले प्रशंसा योग्य काम गरेको बताए । सुवेदीले भविष्यमा होटल संघले पनि शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै न्यूकास कन्सर्न प्रालिले शिक्षा क्षेत्रमा दिएको योगदान स्मरण… पुरा पढौ

भोटेकोशी बाढी पीडितलाई बुहारी समूह तेर्सापट्टीको ७८ हजार सहयोग

पोखरा, भदौ २५ बुहारी समूह तेर्सापट्टीले भोटेकोशी बाढी पीडितका लागि ७८ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएपछि उनीहरुको उद्धार तथा राहतका लागि बुहारी समूह तेर्सापट्टीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । सहयोग रकम सानो भए पनि बाढी पीडितको परिवारमा केहि आशा र राहत मिलोस् भन्ने उद्धेश्यले आफूहरुले सहयोग गरेको समूहकी अध्यक्ष नीलम उदासले बताईन् । पुरा पढौ

करिब ३ करोड संकलन गर्दै,सन्तानेश्वरको महायज्ञ सम्पन्न

पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिए। दान तथा सहयोग आउनेक्रम जारी नै रहेकाले संकलित रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ।प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।महायज्ञ समापनमा… पुरा पढौ

बुद्ध सिंह बने कास्की जिल्ला भलिबल संघको अध्यक्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २६ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि सिंहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा सञ्जीव जिसी, उपाध्यक्षमा अनिल गुरुङ, महासचिवमा टंक पौडेल र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भए । त्यस्तै, सदस्यहरुमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ (सोविन), उत्तमलाल श्रेष्ठ (रुपा गा.पा.) र योगेन्द्र गुरुङ (मादी गा.पा.) चयन भए । साधारण सभाले… पुरा पढौ

रातोपैह्रा सामुदायिक वनबाट राहत कोषमा आर्थिक सहयोग

पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु.१५ हजार सहयोग गरेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएर पीडामा रहेका नागरिकको दुःखमा साथ दिन कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आप्mनै खर्च कटाएर सहयोग संकलन गरेका हुन् । उनीहरुले १३ हजार संकलन गरेकोमा समूहको कोषबाट थप रु. दुई हजार गरी जम्मा रु. १५ हजार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको समूहका अध्यक्ष भगवान पोखरेलले जानकारी दिए । “समूहको आम्दानी खासै छैन । तर विपत्तिमा… पुरा पढौ

पार्टी एकताका लागि नरम हुन तयार छुः कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए । “पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा… पुरा पढौ