समाचार

महिला अधिकारका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक

महिलालाई समान अधिकार र पहुँचका लागि निती नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न कानुन निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको… पुरा पढौ

एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापाको ह्रदयघातका कारण निधन

सन्देश श्रेष्ठपोखरा, फागुन २८ नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधन भएको छ । पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज ह््रदयघातका कारण निधन भएको हो । प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला उनलाई ह्रदयघात भएको थियो । समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै कुर्सीमा बसेका उहाँ बेहोस् हुनु… पुरा पढौ

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई बिमा बोर्डको निर्देशन

स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल स्वास्थ्य संस्थालाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न ÷ नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको… पुरा पढौ

राससद्वारा पोखरामा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणको पहल

राष्ट्रिय समाचार समिति राससले गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको छ । आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उक्त अनुसन्धान केन्द्र निर्माणसम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री पाण्डेले आमसञ्चार विकास तथा अनुसन्धान केन्द निर्माण गर्ने राससको प्रस्तावप्रति प्रदेश सरकार सकारात्मक रहेको बताए । “आमसञ्चार क्षेत्रको विकासका लागि राससले अगाडि सारेको योजना समयसापेक्ष र महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भने, “राससबाट प्राप्त प्रस्तावलाई थप अध्ययन… पुरा पढौ

गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने: मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्। गण्डकी प्रदेश क्रिकेट संघद्वारा विहिबार आयोजना गरिएको प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एक दिवसीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए। मन्त्री थापाले क्रिकेट आज नेपाली युवाहरूको सबैभन्दा लोकप्रिय खेलको रूपमा स्थापित भइसकेको… पुरा पढौ

पश्चिम एसियामा द्वन्द्व:अनलाइन प्रणालीमा ६५ हजार ८८६ नेपाली नागरिकको विवरण दर्ता

पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ । त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि विभागद्वारा उक्त अनलाइन पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो । सो पोर्टलमा उक्त… पुरा पढौ

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो । नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेको छ । साथै सरकारले संयुक्त राष्ट्रका कर्मचारीहरूविरुद्ध भएका आक्रमणहरूको कडा… पुरा पढौ

निर्वाचनमा अपेक्षाकृत मत नआएको एमाले अध्यक्ष ओलीको स्वीकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गरेको स्पष्ट पारे । उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरे । “जनताको विश्वास नै हाम्रो शक्ति हो… पुरा पढौ

लायन्स ३२५ एमको डिष्ट्रिक्ट गभर्नरमा पराजुली र भाईस गभर्नरमा किशोर बरालको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको लायन वर्ष २०२६÷०२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन रत्नप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी चयन प्रक्रिया अन्तर्गत उनले उम्मेदवारी दर्ता गरेका हुन् ।त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन किशोर बराल र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन बलराम सुवेदीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । कार्यक्रममा सहभागी लायन सदस्यहरूले तीनै जना लिडरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर लायन बालकृष्ण… पुरा पढौ

गेमिङ गतिविधिलाई प्रोत्साहन गर्न जेनेक्समा भोलि गेमिङ प्रतियोगिता हुँदै

पोखरा, २७ फागुनपोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो ।नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताए ।प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो हाँसिल गर्नेले १० हजार पाउने छन् । गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने… पुरा पढौ