समाचार

शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २ सय १३ औं भानु जयन्ति साहित्यिक कार्यक्रम गरी मनाएको छ । बिगतका बर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्त सर्मपित कविता बाचन गरि मनाएको प्रतिष्ठानका सहसचिव संजय थापाले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै कवि एवं प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्रबहादुर बानियाँले आदिकवि भानुभक्त आचार्यको कवित्व तथा व्यक्तित्वको चर्चा गर्दै, आचार्य नेपाली भाषा र साहित्यको युग नायक भएको बताए । उनले आचार्यद्वारा लिखित भानुभक्तिय रामायणका श्लोक पनि… पुरा पढौ

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक… पुरा पढौ

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान, सर्तकता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए । आज… पुरा पढौ

गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि

गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्तापूर्व सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ । तथ्याङ्कअनुसार नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्पदंश भएको थियो । यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती… पुरा पढौ

ढोका थुनेर ऐन, कानून नबनाउन यातायात व्यवसायीको चेतावनी

सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरु रुष्ट बनेका छन् । ट्राफिक नियम उलंघनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिनेगरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार भएपछि उनीहरु झस्किएका हुन् । त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भेट्न गरेको प्रयासले सार्थकता नपाएपछि उनीहरु थप आक्रोषित भएका छन् । महासंघ गण्डकी प्रदेशले आईतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी यातायात… पुरा पढौ

गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा १३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसहित अभिमुखीकरण दिईएको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे । विद्यालयकी प्रिन्सिपल… पुरा पढौ

विद्यालयस्तरिय कविता प्रतियोगितामा युगम रिजाल प्रथम

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जयन्तिको अवसरमा पोखराको बाटुलेचौरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा १६ को आयोजनामा भएको प्रतियोगितामा चिसाखोला वेद विद्याश्रमका युगम रिजाल प्रथम, विन्ध्येश्वरी माध्यमिक विद्यालयकी स्वस्तिका खड्का द्वितीय तथा गण्डकी बोर्डिङ स्कुलकी आकांक्षा सुवेदी तृतीय भएका छन्।त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य र केएफ माध्यमिक विद्यालयका आदर्श पौडेलले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक सिर्जना थापाले जानकारी दिईन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रभा कोईरालाले नेपाली साहित्य र… पुरा पढौ

यू १६ जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा

यू १६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडमा आयोजकलाई घाटा

पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५० रुपैयाँ घाटा भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गरे, नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजको बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन मार्फत दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा केन्द्रित भएर नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए । त्यसै गरी पसल डट कमको सेवा विस्तार,… पुरा पढौ