समाचार

मधेसमा शीतलहरले अत्यधिक चिसो: जनजीवन प्रभावित

विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग… पुरा पढौ

पोखरा महोत्सवको आज तेश्रो दिन, दोहोरीमा प्रिति आले र व्याण्डमा माइला लगायतको प्रस्तुती रहने

पुस २८ पोखरा । पोखराको अमरसिंहचौरमा विहीबारदेखि शुरु भएको पोखरा महोत्सव आज तेश्रो दिनपनि जारी रहनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको युनाइटेड क्लव पोखराले स्थापना कालदेखि नै ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित आयोजना गदै आएको महोत्सव आज तेश्रो दिनपनि जारी रहने भएको हो । महोत्सव अन्तर्गत शनिबार लोक दोहोरीतर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ,… पुरा पढौ

माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता : दोस्रो दिन ६ खेल सम्पन्न

पुस २७ पोखरा । कास्कीमा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिका तनहुँलाई, चापाकोट नगरपालिका स्याङजाले ताराखोला गाउँपालिका बाग्लुङलाई, बौदीकाली गाउँपालिका नवलपुरले माछापुच्छ्रे गाउँपालिका कास्कीलाई, चापाकोट नगरपालिका स्याङजाले पुन निसीखोला गाउँपालिका बाग्लुङलाई, कालीगण्डकी गाउँपालिका स्याङजाले भिमाद नगरपालिका तनहुँलाई, र अन्नपुुर्ण गाउँपालिका कास्कीले रुपा गाउँपालिका कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गरेका छन् । शुक्रबार गल्कोट र कालीगण्डकी विच… पुरा पढौ

पोखरा रंगशालामा ‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’

पुस २७ पोखरा । प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ । १० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवा सत्रका ११ र १२ कक्षाका विद्यार्थीको… पुरा पढौ

पृथ्वीचोकमा पृथ्वीनारायणको २५ फिटको सालिक राख्ने घोषणा

पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ । शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् । उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०÷५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी… पुरा पढौ

शैक्षिक गुणस्तर उकास्न मर्जर उत्तम : महानगर प्रमुख आचार्य

पुस २७ पोखरा । पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने बताएका छन् । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रवार उद्घाटन गदै प्रमुख आचार्यले यस्तो बताएका हुन् । उनले न्यून विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएको बताउँदै, त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिए । विन्ध्यवासिनी माध्यमिक विद्यालय कास्कीकै नमुना विद्यालय भएको स्पष्ट पार्दै उनले मर्जरको भावना अनुरुप यसलाई मेघा विद्यालय बनाईने… पुरा पढौ

पोखरा महोत्सवमा हिमाली याक र घोडसवारले थप्यो रौनक

पोखरा । बिहीबार देखी पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन । त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी… पुरा पढौ

हिमालय क्लवद्वारा भलिबल खेलाडी लक्ष्मी गुरुङ सम्मानित

पुस २७ पोखरा । राष्ट्रिय भलिबल टिमकी खेलाडी लक्ष्मी गुरुङ बाटुलेचौरमा सम्मानित भएकी छिन् । हिमालय क्लवको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा क्लबद्वारा स्थापित स्व.उदय बहादुर बस्नेत स्मृति भलिबल खेलाडी पुरस्कारबाट गुरुङलाई सम्मान गरिएको हो । गुरुङलाई स्व उदय बहादुर बस्नेतकी धर्मपत्नी गणेश कुमारी बस्नेत, क्लवका संस्थापक अध्यक्ष तिर्थ तामाङ, मानार्थ सदस्य कुमार खड्काले सल, प्रमाण पत्र र नगद १० हजार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि तामाङले भलिबल खेलबाटै उदाएको क्लवले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका खेलेको… पुरा पढौ

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

पुस २७ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, “मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा समसामयिक विषयमा शीर्ष नेतृत्वको ध्यानाकर्षण

पुस २७ काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज शीतलनिवासमा सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति… पुरा पढौ