समाचार

एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै : मन्त्री अर्याल

पुस २८ पोखरा । गण्डकी प्रदेशका उर्जा , जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जनतालाई खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ प्रदेश सरकारले एक घर एक धारा अभियानलाई निरन्तरता दिंदै आएको बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. २० भलाम खोरस्थित इक्राघारी विचारी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उनले शुद्ध खानेपानी जनताको नैसर्गिक अधिकारलाई प्रभावकारी कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताइन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेकी उनले गण्डकी प्रदेशमा गुणस्तरी खानेपानी पु¥याउन लगभग २२ अर्व रुपैयाको आवश्यक पर्ने उल्लेख गर्दै… पुरा पढौ

शारीरिक अशक्तताका बाबजुद स्वर्णपदक जित्न सफल केशव

म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो । विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै गरेका थापाको कम्मरभन्दा तलको भाग नचल्ने भयो । अठार महिना अस्पताल र पुनःस्थापना केन्द्रमा उपचार गरेपछि मेरुदण्ड पक्षघात (स्पाइनल इन्जुरी) भएका थापा ह्विलचियरमा हिँडडुल गर्छन् । पढाइ र खेलमा अब्बल थापाले शारीरिक प्रतिकूलताका बाबजुद लक्ष्य हासिल र सपना पूरा गर्न हिम्मत हार मानेन् ।… पुरा पढौ

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन्। सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । “एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल रु आठ लाखको बिक्री भयो”, हमालले भने, “यस वर्ष उत्पादन अलि घटेकाले रु छ लाखको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो रु ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने… पुरा पढौ

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

ढोरपाटन । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य… पुरा पढौ

ज्ञान र धैर्यताको शक्तिले सफलता हासिल गर्न सकिन्छ: उत्प्रेरक डा. कटवाल

पोखरा । फिस्टेल नर्सिङ क्याम्पसले प्रविनता प्रमाण पत्र तह नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थी, अभिभावकलाई स्वागत तथा “धैर्यताको शक्ति” विषयक उत्प्रेरणामूलक कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । सकेसम्म यही देशमा पढेर, बसेर विदेशको जस्तै कमाई गर्न सक्ने वा अध्ययन र कमाईकै लागि विदेश जानै पर्ने भए सक्षम र सामथ्र्यवान भएर स्थान जमाउन सक्ने क्षमता अभिबृद्धि हुनै पर्ने उत्प्रेरक, लाईफ कोच तथा कर्पोरेट ट्रेनर रबिन कटवालले बताए । मान्छेलाई शक्तिशाली बनाउने बलियो माध्यम शिक्षा नै भएकोले जतिसुकै अफ्ठेरा पस्थिति आईपरेपनि… पुरा पढौ

पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताको गुनासो सम्बोधन हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए । उनले भने, “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए। जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले भने, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ… पुरा पढौ

दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन । प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन । बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको छ… पुरा पढौ

गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल

गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल एक लाख १२ हजार दुई सय २७ हेक्टर थियो । पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उनले बताए । धान खेतीको क्षेत्रफल घटेपनि यस वर्ष उत्पादकत्व भने बढेको उनले बताए ।… पुरा पढौ

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ । भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए । “भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो”, प्रमुख पाठकले भने, “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।” भूकम्पपछि दरबार पुनःनिर्माणका क्रममा… पुरा पढौ

बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका रु २२ करोड २४ लाखको योजना परेका छन् । प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत… पुरा पढौ