समाचार

राष्ट्रिय सभाका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

पुस २८ काठमाण्डौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही… पुरा पढौ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

पुस २८ काठमाण्डौं । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८… पुरा पढौ

गण्डकी प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

पुस २८ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश नलगाउने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गरे । “सञ्चारकर्मीलाई कहीँ कतैबाट अंकुश लगाउने काम विधेयकले गर्दैन, यो सञ्चारमैत्री हुनेछ । यसलाई सञ्चारकर्मी र सम्वद्ध संस्थाको सल्लाह र सुझावमा संशोधन पनि गर्न सकिनेछ”, उनले भने,… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप : चरक मेमोरियल हस्पिटलको साथ

पुस २७ पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ । प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो । यसैबीच, अनलाइन खबरले प्रतियोगिताको टेक्स लाइभ गर्नेछ । सो सम्बन्धमा अनलाइन खबरका गण्डकी प्रदेश ब्यूरो प्रमुख अमृत सुवेदी र क्लब अध्यक्ष बरालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।… पुरा पढौ

भूपू सैनिकको समस्या ६ महिनाभित्र सल्टाउन गेसोको माग

पोखरा । भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु माग राखेको छ। ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ। शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको समान सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको जानकारी दिएको हो । गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले राज्यले गरेको गल्ती सच्याउन… पुरा पढौ

‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’ सकियो

पुस २८ पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सकिएको छ । शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको छ । दिवासत्रको व्यस्थापन समूहको १२ कक्षा दोश्रो भएको छ । आशिष विक म्यान अफ दी म्याच बने । प्रतियोगितामा आशिष विक बेस्ट बलर बने । ९१ रन लिएका राहुल शर्मा बेस्ट ब्याटर बने । रोहन चन्द बेस्ट फिल्डर बनेका छन् । प्रतियोगितामा १० कक्षासम्मको अन्तर… पुरा पढौ

मिलनसार सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

पुस २८ पोखरा । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरे । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक जागरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । सहकारीहरू उत्पादनसँग जोडिनुपर्ने बताउँदै उनले त्यसबाट स्वरोजगार सिर्जना गर्न सकिने बताए । सहकारीका अध्यक्ष मनमाया मगरले सहकारीले सदस्यहरूको आर्थिक विकासका लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमशीलतामा जोड… पुरा पढौ

पोखरा महोत्सवमा दर्शक बढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार

पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम दिन… पुरा पढौ

लागूपदार्थ दुव्र्यसनविरुद्ध लायन्स सेन्ट्रल गार्डनको सचेतना

पुस २८ पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थीको सहभागी रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लवकाल तर्फबाट ८ हजार बराबरको पुस्तक हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पुस्तक किन्न पनि नस्कने अवस्थामा ज्ञानमुलक पुस्तकका लागि आर्थिक जोहो अर्को समस्या हुने… पुरा पढौ

रेडक्रस बाँगेफड्के उपशाखाको सभापतिमा रेशमलाल

पुस २८ पोखरा । नेपाल रेडक्रस सोसाइटी भाटखोला बाँगेफड्के उपशाखा फेदीखोला स्याङजाको १८ औं वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रेशमलाल रानाभाटको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपसभापति रामकुमारी गुरुङ, सचिव शिवप्रसाद लामिछाने, कोषाध्यक्ष तिलबहादुर क्षेत्री, उप–सचिव मानबहादुर बि.सी., उप–कोषाध्यक्ष ठकबहादुर गुरुङ निर्वाचित भएका छन् । यसैगरी सदस्यमा खड्गबहादुर रानाभाट, गोविन्दबहादुर रानाभाट, टेकप्रसाद लामीछाने, राजकुमार जि.टी. र देवी रानाभाट रहेका छन् । अधिवेशनको समुद्घाटन गर्दै फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले रेडक्रसमा… पुरा पढौ