समाचार

पोखराको चरक अस्पतालमा दुरविनबाट पाठेघरको जटिल शल्यक्रिया सफल

पोखरा । पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा दुरविन प्रविधिबाट गरिएको महिलाको पाठेघरसम्बन्धी जटिल शल्यक्रिया सफल भएको छ । विगत दुई वर्षदेखि पाठेघरसम्बन्धी जटिल समस्याबाट ग्रसित एक ३३ वर्षिया महिलाको चरक मेमोरियल अस्पतालमा दुरविनबाट सफलतापूर्वक पाठेघर सम्बन्धी शल्यक्रिया गरिएको हो । पाठेघरको समस्याले ग्रसित उनलाई भिडियो एक्स–रे गर्दा उनमा पाठेघरको छेउमा ठूलो रगतको फोका छ भनिएको थियो । त्यसपछि बिरामीलाई एम.आर.आई. गराउँदा पाठेघर र अण्डाशयको भागमा ठूलो आकारको रगत जमेको (१०*१०) पुष्टि भएको थियो । जसलाई मेडिकल भाषामा इन्डोमेट्रियोशिस भनिन्छ ।… पुरा पढौ

नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८… पुरा पढौ

परम्परामात्र बन्दै घुम्ती गोठ

म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुनु र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनका रूपमा विकास गर्न नसक्नुले घुम्ती गोठ केवल परम्परा धान्ने र दिन कटाउने माध्यममात्रै बन्दै गएका छन् । म्याग्दीका धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारीलाई मलिलो बनाउन र… पुरा पढौ

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ । समिति र नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको हो । समितिले आजदेखि महासङ्घ तथा आवद्ध घटक संस्थासँग सुझाव लिन थालेको हो । आजको बैठकमा महासङ्घका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने तथा छुटेका थप विषयलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरुले स्थानीय… पुरा पढौ

छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो । वार्षिकोत्सव समारोहको विद्यालय प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरमा विशेष अतिथि पोखरा १७… पुरा पढौ

गण्डकीबाट राष्ट्रिय सभामा ३ सदस्यका लागि एमालेले गर्यो ९ जनाको नाम सिफारिस

पोखरा, पुस १८ नेकपा एमाले गण्डकीले राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गरेको छ । राष्ट्रिय सभामा गण्डकी प्रदेशमा रिक्त रहेको ३ स्थानका लागि एमालेले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभामा गण्डकीका ३ सदस्यको पदावधी सकिन लागेको हो । गण्डकीबाट खुल्लातर्फ एक, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रका एक र महिला एक गरेर तीन स्थान रिक्त हुन लागेको हो । सो स्थान पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एमालेले खुल्लातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा… पुरा पढौ

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरद्धारा सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन शहरको दक्षिण पूर्वि भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् । एभरेष्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक हितका लागि कार्य गरेवापत अध्यक्ष थापालाई मेयर ताउसेफ अनवरले लेविसम काउन्सीलमा सम्मान गरेका हुन । बेलायत भ्रमणमा रहेका थापालाई सम्मान गर्दै, मेयर एवं काउन्सीलका प्रवक्ता समेत रहेका अनबरले आफ्नो नगर र पोखरा महानगरका बिच मित्रताका लागि चाँडैनै संझौता हुने विश्वास व्यक्त गरे । उनले… पुरा पढौ

यातायात कार्यालय कास्कीमा सवारी साधनको विद्युुतीय अभिलेखीकरण

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारी साधनको ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण)गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्तालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्य सहित कास्कीबाट यसको सुरुआत गरेको छ । यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर सुरुआतमा परीक्षणका रुपमा ‘डिजिटलाइजेसन’ गरिएको हो । डिजिटलाइजेसनपछि फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको ‘डिजिटलाइजेशन’ लगायत… पुरा पढौ

नक्कली फेसबुक आईडी बनाई अश्लिल भिडियो बनाएर पैसा माग्ने ३ जना पोखराबाट पक्राउ

पोखरा, पुस १८ सामाजिक सञ्जाल फेसबुकमा नक्कली फेसबुक आईडी बनाएर अश्लिल सामग्री बनाई पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटीको नाममा नक्कली फेसबुक आईडी बनाएर पुरुषहरुलाई भिडियो कल गरेर अश्लील भिडियो देखाउने र त्यसलाई स्क्रिन सर्ट गरेर राखी पछि सो व्यक्तिलाई पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–२९ तालचोक बस्ने २२ वर्षिय अनुराग अधिकारी, चितवनको रत्ननगर–१३ टाँडीका २० वर्षिय प्रवेश रिमाल र सिराहाको लाहान–१ रमाद मटियवरा टोलका २१… पुरा पढौ

ताराखोलाका युवालाई गाउँमै रोजगारी दिन ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा

गण्डकी । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए ।… पुरा पढौ