समाचार

राष्ट्रिय भलिबल प्रतियोगिता: आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पहिलो सेट गण्डकीले २५–२२ अङ्कले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६–२४ अङ्कले बाजी मार्यो । २४–२४ अङ्कको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर… पुरा पढौ

क्यानद्धारा पूर्वकप्तान लामिछाने निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताएका छन । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त… पुरा पढौ

आहा ! रारा गोल्डकप माघ ९ गतेदेखि, दुई विदेशीसहित १२ टीम सहभागि हुने

पोखरा, पुस २६ पोखराको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोेश्रो सातादेखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा यस वर्ष दुई विदेशी, दुई विभागीयसहित ८ ए डिभिजन क्लव, आयोजक र मोफसलको एक गरेर १२ टीम सहभागि हुने जनाइएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव तथा… पुरा पढौ

पोखरामा पृथ्वीनारयण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले बहस गर्ने

पोखरा । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ । पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ । पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो… पुरा पढौ

गोकर्णेश्वर उत्तरगयामा तीर्थ अर्थात् गया श्राद्ध गर्नेको भीड

प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए । पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक… पुरा पढौ

बागलुङमा आधारभूत अस्पताल निर्माण: अझै जग्गाको खोजी

सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ र०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन् । कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरि रहेका… पुरा पढौ

मादी नदीमा माछा संरक्षण योजना

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो । आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछा… पुरा पढौ

अधिकृत बिक्रेता संघ पोखराको महासचिवमा दिलीपकुमार श्रेष्ठ सर्वसम्मत

पुस २५ पोखरा । अधिकृत बिक्रेता संघ पोखराको महासचिवमा दिलिपकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । संघको पोखरामा सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका श्रेष्ठलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । संघको महासचिवमा निर्वाचित गराउने सम्पूर्ण प्रति उनले आभार व्यक्त गरेका छन् । संघको सचिवालय व्यवस्थित गर्दै व्यावसायिक हकहितमा सक्रिय बन्ने उनले प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा भएको अधिवेशनबाट अध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भए । यस्तै संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा… पुरा पढौ

ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानीका निम्ति अर्थमन्त्रीद्वारा विभिन्न देशका उद्यमीलाई अनुरोध

पुस २५ काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका छन् । साथै उनले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उनीहरुलाई आग्रह गरेका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट–२०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले उनीहरुलाई सम्मेलनमा आमन्त्रण गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले भने, “नेपालमा वैशाख १६ र… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने

पुस २५ काठमाण्डौं । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा रु दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद… पुरा पढौ