समाचार

१२ औं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्‍याली

पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्‍याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्‍यालीको आयोजना गरेको हो । महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्‍याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो । र्‍यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय… पुरा पढौ

पोखरा महानगर एथलेटिक्स संघको अध्यक्षमा हरिबहादुर

पुस २५ पोखरा । एथलेटिक्सको विकासका लागि हरिबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिका एथलेटिक्स संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिअन्तर्गत रहने गरेर थापाको नेतृत्वमा बुधबार ७ सदस्यीय कार्यसमिति बनेको हो । उपाध्यक्षमा गोपाल थापा, सचिवमा मनिषा अधिकारी, कोषाध्यक्षको जिम्मा रामबहादुर ढकाललाई दिइएको खेलकुद विकास समितिका सदस्य सचिव सुबास खड्काले जानकारी दिए । सदस्यमा श्यामबहादुर श्रेष्ठ, सर्मिला थापा, बिराज थापा चुनिएका छन् । पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ ले महानगरस्तरीय खेल संघ गठन गर्न सकिने व्यवस्था गरेको… पुरा पढौ

गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुंवर

पुस २५ पोखरा । गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुंवरसहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक समेत् हुन् । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन भए । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल,… पुरा पढौ

पोखरामा पुस २७ गते शुक्रबार कन्दराको लाईभ कन्सर्ट

पोखरा, पुस २५ पोखरेली व्याण्ड कन्दरा २० वर्षपछि गृहनगर पोखरामा गुञ्जिने भएको छ । कुनैबेलाको चर्चित र लोकप्रिय कन्दरा व्याण्ड झण्डै २० वर्षपछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस २७ गते साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा कन्दराले आफ्नो नया तथा पुराना गरेर डेढ दर्जन गीत प्रस्तुत… पुरा पढौ

क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय सहित ३ लाख रुपैयाँ जरिवानाको फैसला

पुस २५ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख… पुरा पढौ

पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गरेका हुन । पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । आ.व.२०८०-०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेस, कास्की र नेपाली… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले उकालो

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ । आज… पुरा पढौ

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ: महासचिव पोखरेल

गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए । महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड दिए। नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको… पुरा पढौ

रुकुम पूर्व र पश्चिममा एफटिटीएच नेटवर्क विस्तार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पु¥याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुुरुआत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताए। अब हुम्ला र डोल्पामा पनि सो सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले भने, “सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ,… पुरा पढौ

व्यवसायीक कृषिबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला

गलेश्वर । पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको हो । म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यावसायिक खेती गर्ने महिलाको सङ्ख्या बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत र व्यावसायिक खेती गरिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय… पुरा पढौ