समाचार

पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य

पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार… पुरा पढौ

प्रतिस्पर्धात्मक खेलमा रुपा १ विकेटले विजयी

पुस १२ पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम बगेनासमाथि रुपाले १ विकेटको जित निकालेको छ । पहिला व्याटिङ गरेको बेगनासले ३८.२ ओभरमा १५९ रनमा अलआउट भएको थियो । बेगनासको तर्फबाट अभिषेक बस्नेतले ८७, रोहित चन्दले २६ जोडे । रुपाका बलर अन्जन केसीले ३ तथा सिब्रिन श्रेष्ठ र महेश खत्रीले समान २ विकेट लिए । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको रुपाले ३४.१ ओभरमा ९ विकेट गुमाउँदै जित… पुरा पढौ

खेलकुद प्रतियोगिता तयारीको लागि गण्डकीमा बजेट अभाव

पोखरा । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र बन्द… पुरा पढौ

पोखरा सडक महोत्सवको भव्य शुरुवात

पोखरा, पुस १२ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजदेखि अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सव शुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरा सडक महोत्सवको २५ औं श्रृंखला आज भव्य रुपमा शुरु भएको हो । जनवरी एक अर्थात पुस १६ गतेसम्म हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटनअघि झाँकीसहितको रयाली निकालिएको थियो । ¥यालीमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोलीहरु सहभागि थिए । ¥यालीमा चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक… पुरा पढौ

पोखरामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पोखरा, पुस १२ पोखरामा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पोखरा म्याग्दी जिल्ला धौलागिरी–७ ताकम घर भई हाल पोखरा–२९ नौबिसे बस्ने ३६ वर्षिय रत्नबहादुर घर्ती पक्राउ परेका हुन् । घर्तीले आफ्नै श्रीमती रेखा घर्तिको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ । आरोपित घर्तीलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । पुरा पढौ

राष्ट्रिय सभामा गण्डकीबाट १६८ जनाको नाम सिफारिस, उम्मेदवारको सूचीमा अधिकांश पुरानै अनुहार

पोखरा । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकीका ११ वटै जिल्लाबाट पहिले १६७ जनाको नाम सिफारिस गरेपनि पछि एक जना थपेर १६८ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसले गण्डकीको कास्कीबाट सबैभन्दा धेरै ४३ जना सिफारिस गरेको छ भने मनाङबाट सबैभन्दा कम दुई जना सिफारिस गरेको छ । कांग्रेसले कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा पहिलो चरणका खेल सम्पन्न

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित… पुरा पढौ

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

ढोरपाटन । बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गरेका थिएनन् । अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । आँखैअगाडि देखिने हिमशृङ्खला, अग्ला पहाड र यहाँबाट देखिने अनगिन्ती मनमोहक दृश्यले आगन्तुकलाई आकर्षण गरिरहेको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै… पुरा पढौ

एकको उपहार, अर्काको सरोकार: सहयोगको हात फैलाउँदै सुखावती फाउन्डेसन

गण्डकी । ‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवं प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ । समाज कल्याण परिषद्मा दर्ता गरी शिक्षा र महिला उद्यमशीलता निर्माणका लागि क्रियाशिल हुँदै आएको सो संस्थाले गत अक्टोबरदेखि पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस नजिक नयाँ शाखा सञ्चालनमा ल्याएको हो । प्रयोग भइसके पनि पुनःप्रयोग गर्न मिल्ने सामग्री सङ्कलन÷प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी… पुरा पढौ

गाम्फा धुरी ओझेलमा

म्याग्दी, १२ पुस स् पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुुरीमा पर्यटक भित्रन नसकेका हुुन् । पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«्र हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुुरी सुुनसान छ । म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा… पुरा पढौ