समाचार

लेखनाथ महोत्सवमा रत्यौलीको रमाइलो

पुस १३ पोखरा ।नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

बलात्कार आरोपमा सन्दिप लामिछाने दोषी ठहर

काठमाण्डौं । जिल्ल अदालत काठमाण्डौंले क्रिकेटर सन्दीप लामिछानेलाई बालात्कारको आरोपमा दोषी ठहर गरेको छ । शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेविरुद्धको नाबालिक बलात्कारको आरोप पुष्टि हुने फैसला गरेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको… पुरा पढौ

कास्की छनौंटमा टिम दिपाङ १ सय ३३ रनले विजयी

पुस १३ पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे । फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २/२ विकेट… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक… पुरा पढौ

सुर्यदर्शनको रकम हिनामिना गरेको अरोपमा समितिका उपाध्यक्ष रामेछापबाट पक्राउ

पोखरा । पोखरामा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं. ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष रहेका वर्ष ३८ का कैलाश कुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको एवं ठगी गरेको जाहेरीका आधारमा उनललाई सहकारी ठगी कसुरमा हिजो रामेछापबाट पक्राउ गरी थप… पुरा पढौ

अबैध रुपमा नदि उत्खनन् गर्ने टिप्पर र चालक नियन्त्रणमा

पोखरा । पोखरामा अबैध रुपमा नदि उत्खनन गर्दै गर्दा प्रहरीले टिप्पर र चालकलाई नियन्त्रण लिएको छ । पोखरामहानगरपालिका वडा नं.१९ ढावा पुलबाट अवैध रुपमा चोरी निकासी गरी नदिजन्य पदार्थ ढुङ्गा गिट्टीनिकाली रहेको बेला टिप्पर र चालकलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार ग १ क ५१५५ नं.को टिपर र चालक जिल्ला मकवानपुर थाह न.पा. ७ घर भई हाल जिल्लाकास्की पोखरा - २५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोलेलाई समेत पक्राउ गरिएको छ । चालक… पुरा पढौ

पर्यटन प्रवर्द्धन गर्न मस्र्याङ्दीमा मोटरबोट चलाइने

दमौली, १३ पुस स् तनहँुको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन सञ्चालन गर्न लागेको हो । गण्डकी प्रदेशको प्रवेशद्वारस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवद्र्धनका लागि यो काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । यसका लागि गाउँपालिकाले मोटरबोट तथा पर्यापर्यटन सञ्चालन तथा व्यवस्थापनका लागि बोलपत्र आह्वान गरिसकेको छ । उनले भने, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए… पुरा पढौ

कालिका बहुमुखी क्याम्पस ३३ औं वर्षमा

पोखरा । पोखरा-१४ स्थित काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पस ३३ औं बर्षमा प्रवेश गरेको छ । क्याम्पसको ३२ औँ बार्षिकउत्सव क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा र विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्याम्पसले जनाएको छ । विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै प्रा. डा. अधिकारीले भने, अब विद्यार्धीको मुल्याङकन गर्न म कपि काट्छु, परिक्षामा नम्बर दिन्छु ,मैले पढाएको वास्तवका बुझेका… पुरा पढौ

फस्ट तेक्वान्दो पोखरा ओपन ईन्भेटेश्नल च्याम्पियसिप हुदै

पोखरा । पोखरामा पहिलो पटक खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुदै छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा यहि डिसेम्वर ३० र ३१ मा उक्त प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशभरीका करिव २ सय ५० जना भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने छन् ।सोहि खेलाडीहरुले प्याट्रनतर्फ पहेँलो ,हरियो ,हरियो ,निलो ,निलो ,रातो पेटीको लागि प्रतिस्पिर्धा हुने छ… पुरा पढौ

सहकारीमा लुट : कास्कीका पाँच सहकारी डुब्दा ३ हजार ६ सय बचतकर्ता बिचल्लीमा

पोखरा, पुस १३ कास्कीका पाँच सहकारी डुब्दा करीब ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा बचतकर्ताहरुको २ अर्ब ८३ करोड ३७ लाख ७१ ह्जार रुपैयाँ जोखिममा परेको हो । डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जना बचतकर्ता बिचल्लीमा परेका छन् । सहकारी सञ्चालकले सहकारी ऐन… पुरा पढौ