पुस ९ पोखरा । ब्राह्मण समाज नेपाल वडा ईकाई समिति पोखरा १ को अध्यक्षमा माधवप्रसाद पराजुली चयन भएका छन् । समाजको सम्पन्न तेस्रो साधारण सभा एंव अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । अधिवेशनले समितिको उपाध्यक्षमा रुद्र सुवेदी, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा नारायणी सुवेदी, कोषाध्यक्षमा रामजी पौडेलसंगै सदस्यहरुमा कल्पना (रोजी) पराजुली, लक्ष्मी शर्मा, कृष्ण प्रसाद बास्तोला, उमा कोईराला, सिता पराजुली र विष्णु पौडेललाई चयन गरेको छ…
पुरा पढौ