समाचार

पहिलो पटक नार्पाभूमिका विद्यार्थीका लागि घुम्ती कक्षा

मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ । विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिए। अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उनले बताए । अध्यक्ष लामाले भने, “लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरुको भविष्यमाथि खेलबाड… पुरा पढौ

रायडाँडाको चिनारी,अतिथिलाई चोयाको डोकोमा रायोको साग उपहार

गलकोट ।आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाए । बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवद्र्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन् । मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री… पुरा पढौ

जङ्गलमा सासूबुहारीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् । प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए । “उहाँहरु नभेटिएको भनी… पुरा पढौ

दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्सरे मेसिनमा जडान गरी डिजिटल… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताए । कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उनले उल्लेख गरे । उनले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारी दिए । रु. ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको ठेक्का… पुरा पढौ

बेँसीसहरमा चरी बाघ फेला: नियन्त्रण लिएर जङ्गलमा छाडियो

लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी र्दिए । उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए । डिभिजन वन कार्यालका प्रमुख सन्तोष… पुरा पढौ

मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौँ : अध्यक्ष ओली

पुस ८ काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने जानकारी दिए । सो पार्टीले मध्यपहाडी लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले भने, “ समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका… पुरा पढौ

लेखनाथ महोत्सव : आईतबारसम्म १ लाख २५ हजार दर्शकहरुद्वारा अवलोकन

पुस ८ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य… पुरा पढौ

नौलो घुम्ती मार्फत कार्यान्वयन भैरहेको परियोजनाबारे जिल्ला परियोजना सल्लाहकार समितिमा छलफल

पोखरा । गुड नेबर्स इन्टरनेशनल कोरीयाको आर्थिक तथा प्राविधिक सहयोग तथा नौलो घुम्ती नेपालको कार्यान्वयनमा सन् २०२३ मा कास्की जिल्लामा भएका गतिविधिबारे पोखरामा छलफल भएको छ । छलफल कार्यक्रम जिल्ला समन्वय समितिको आयोजनामा आइतबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा गरिएको हो ।बैठकमा नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक अनेश गुरुङले गुड नेबर इन्टरनेशनल कोरीयाको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०२३ मा भए गरेका कार्यक्रमको बारेमा प्रस्तुती राखेका थिए ।यो परियोजना कास्कीको मादी गाउँपालिकाको वडा नम्बर ८, ९, १० र ११, माछापुच्छ्रे… पुरा पढौ

टान गण्डकीद्वारा गुरुङको परिवारलाई बीमा दावी रकम हस्तान्त्रण

पुस ८ पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल टान गण्डकीले पदयात्रा सहयोगी तुल बहादुर गुरुङको परिवारलाई मृत्यु दावी बीमाको रकम हस्तान्त्रण गरेको छ । आइतबार टान गण्डकीले गत भदौ ३० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोमरोङमा एक कोरियन नागरिकको पदयात्रा सहयोगीका रुपमा जाने क्रममा ज्यान गुमाएका गुरुङको परिवारलाई १० लाख रुपैयाँ बीमा दावी रकम हस्तान्त्रण गरेको हो । इस्टर्न लाईट ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट गत भदौ ३० देखि एक कोरियन नागरिकलाई लिएर ट्रेकिङमा निस्केका उनी सोही दिन अन्नपूर्ण गाउँपालिका–११ छोमरोङमा… पुरा पढौ