समाचार

मुस्ताङबाट संकलित २२ हजार केजी फोहर पोखरा ल्याईयो

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो । एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिए । उनका अनुसार चालु वर्षको बाह्र महिनामा… पुरा पढौ

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा,सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा

कास्कीका बिभिन्न सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की अन्र्तगत जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रस्तुत गरेको प्रतिकार्य योजनामा पृथ्वी राजमार्गअन्तर्गत विजयपुर, पुम्दीभुम्दी, चङ्खपुर पामे, हेम्जा, सुइखेत, नयाँपुल र लुम्लेलगायत क्षेत्रलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । ती स्थानमा सडक अवरुद्ध भएमा अमरसिंहचोक, छोरेपाटन, भकुन्डे, हरिचोक, नयाँपुल र घट्टेखोलामा सवारीसाधन व्यवस्थापन ‘होल्ड’ गरिने उल्लेख गरिएको छ । विपद्का बेला जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती कुसुमाकर, मनकुमार सदस्य सचिव

पोखरा, असार २३ गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले न्यौपानेलाई उपकुलपतीमा नियुक्त गरेको हो । कुलपतीमा नियुक्त न्यौपानेले लोक साहित्यमा विद्यावारिधी गरेका छन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापकसमेत हुन् । पैयूँ पर्वत स्थायी घर भएका उनी हाल पोखरा बस्दै आएका छन् । प्रतिष्ठानको उपकुलपतीमा शंकर विरही गुरुङ नियुक्त भएका छन् । स्याङ्जा घर भई पोखरा बस्दै आएका उनी लोकदोहोरी गायक तथा रचनाकार हुन् । प्रतिष्ठानको सदस्य सचिवमा भने मनकुमार श्रेष्ठ नियुक्त भएका… पुरा पढौ

पोखरा मुग्लिन सडकको काम ८२ प्रतिशत सम्पन्न, डेढ घण्टामै मुग्लिन पुगिने

सन्देश श्रेष्ठपोखरा, असार २३ पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाको निर्माण अवधी तेस्रो पटक थपिएको छ । तनहुँको जामुनेदेखि कास्कीको पोखरा पृथ्वीचोकस्थित सेती पुलसम्मको ३८.७१ किलोमिटर सडक स्तरोन्नती तोकिएको मिति असार १६ गतेसम्ममा नसकिएपछि तेस्रो पटक म्याद थपिएको हो । २०७८ साल जेठ ३ गते निर्माण सम्झौता भई दुई वर्षमा सक्ने लक्ष्य लिइएको यस सडक खण्ड विविध कारणले समयमै नसकिएपछि यसअघि दुई पटक एक÷एक वर्ष निर्माण अवधी थपिएको थियो । तर दोस्रो पटकको म्याद सकिदा पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक… पुरा पढौ

पर्वतमा आधुनिक ‘पैयूँ चिल्ड्रेन पार्क’ निर्माण

बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु दश लाख, स्थानीय वडा कार्यालयको रु चार लाख र पैंयूँ गाउँपालिकाको रु एक लाख गरी रु १५ लाख लगानीमा बालउद्यान निर्माण भएको पैंयू गाउँपालिका–५ का अध्यक्ष… पुरा पढौ

हरित रोजगारी र वातावरणीय दिगोपनाका लागि पोखरामा ३० दिने सीप विकास तालिम सुरु

रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना जिसिआरयु परियोजना अन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ । सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा बदल्ने उद्देश्यले क्लिन अप नेपालको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारी प्रवद्र्धन र वातावरणीय दिगोपनामा यस तालिमको विशेष महत्त्व रहेको बताइन् । उनले चक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न ठूलो सहयोग पु¥याउने… पुरा पढौ

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष कान्डाको भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले विदेशी प्रतिनिधिसँग एक्लै भेट गरेको यो नै पहिलो पटक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र… पुरा पढौ

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्लामा अझै बाँकी

देशका बिभिन्न ७ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आए पनि अझै ४ जिल्लामा भने नियन्त्रणमा आउन सकेको छैन । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता… पुरा पढौ

एसईईको पुरक परीक्षामा ६४ दशमलव ६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ। बोर्डले दिएको जानकारी अनुसार एसईईको पुरक परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।जुन कुल सहभागीको ६४दशमलव ६९ प्रतिशत हो। बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सकिएको १४ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। २०८२ सालको एसईई परीक्षामा २ विषयसम्म अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए। सबैभन्दा धेरै ५१ हजार ४३८… पुरा पढौ

पोखरा-दुबई उडानलाई दीगो बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरदेखि नीजि क्षेत्रसम्मले सघाउने

सन्देश श्रेष्ठपोखरा, असार २२ पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र नीजि क्षेत्रको साथ खोजेको छ । सेप्टेम्बर २३ (असोज ७) गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हो । फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चासो र चिन्ता शुरु भएको छ । यसअघि पोखराबाट छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन सकेन… पुरा पढौ