समाचार

एभरेस्ट एफएमको रक्तदान कार्यक्रम आज, जीवन बचाउने अभियानमा सहभागि हुन एफएमको अपिल

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आज शनिबार रक्तदान कार्यक्रम गर्न लागेको हो । पोखरा – ५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने कार्यक्रम संयोजक तथा एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । रक्तदान… पुरा पढौ

प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार शुरु

मंसिर ८ पोखरा । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ शुरु भएको छ । शुक्रबारबाट शुरु भएको सेमिनारको संघिय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले सेमिनारले खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न हौसला प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बाग्लुङको पर्यटकिय तथा ऐतिहासिक स्थल ढोरपाटनमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद छ । यसले खेलाडीको मानसिक, शारिरीक तथा स्वास्थ्यका हिसावले सकरात्मक परिणाम ल्याउँछ ।’ उनले यसलाई आगामी दिनमापनि… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान शनिबार, तयारी पुरा

मंसिर ८ पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार हुने रक्तदान कार्यक्रको सम्पूर्ण तयारी पुरा भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागेको हो । पोखरा – ५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गरिने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको… पुरा पढौ

क्रिकेट भित्राउने ब्राइनको स्मृतिमा गण्डकी बोर्डिङमा क्रिकेट टुर्नामेन्ट

मंसिर ८ पोखरा । गण्डकी बोर्डिङमा शुक्रबारदेखि ब्राइनउड मेमोरियल क्रिकेट टुर्नामेन्ट तथा एभरेष्ट बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयको संयोजनमा कक्षा १२ का विद्यार्थीले आयोजना गरेको सो प्रतियोगिता मंसिर ३० सम्म चल्नेछ । प्रतियोगिताको कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र विद्यालय प्रिन्पिसल वीरेन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरे । छात्रतर्फ क्रिकेटको छैटौं तथा छात्रातर्फ बास्केटबलको चौंथो संस्करण हो । दुवैतर्फ ६ टिमले भाग लिएका थिए । क्रिकेटमा कक्षा ८ देखि… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट : एपिएफ विरुद्ध गण्डकीको रोमाञ्चक जित

पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिइफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९।४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो । टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८।४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको… पुरा पढौ

भारतीय तरकारी सस्तोमा बजार आउँदा स्याङ्जाका कृषक मर्कामा

गल्याङ । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उ त्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुुपर्ने बाध्यता छ । गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुुख्य पेसा बनाएको नौ वर्ष भयो । सुुमन कृषि तथा पशुुपालन फार्ममार्फत उहाँले अदुवा, टमाटर, काउली, बन्दाकोभी, अकबरे खुर्सानी, बेमौसमी मकै, साग, मुला, धनियाँलगायत खेती… पुरा पढौ

केपी ओली कप टी–२० क्रिकेटः कर्णालीलाई पाखा लगाउदै बागमती सेमिफाइनलमा

पोखरा । लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीले दिएको १९० रनको विजयी लक्ष्य… पुरा पढौ

म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याएका थिए । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याए । पौडेल र सेनमात्रै होइन स्थानीय जातका धानखेती गरेका म्याग्दीका धेरै किसान यस वर्ष उत्पादन वृद्धि भएकामा खुसी छन् । यहाँका किसानले लगाएका गौरिया, गुडुरा, आँगा, ताकुमारे, जौधानलगायत सात थरी रैथाने धानको उत्पादन वृद्धि भएको किसानको भनाइ छ । रैथाने बाली लगाउँदा… पुरा पढौ

गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडक सात वर्षदेखि अलपत्र

दमौली । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम सात वर्षदेखि रोकिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटरको कृष्ण मार्गको काम अदालतमा मुद्दा परेपछि रोकिएको हो । सडक निर्माणका लागि साबिक जिल्ला प्राविधिक कार्यालय ९हालको पूर्वाधार कार्यालय० र निर्माण कम्पनीबीच विसं २०७३ वैशाख २३ गते सम्झौता भएको थियो । सम्झौताको १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने म्याद रहे पनि सात वर्ष पुगिसक्दा पनि काम पूरा हुन नसकेको स्थानीयले गुनासो गरेका… पुरा पढौ

मुख्यमन्त्रीद्वारा हनुमतधाम निर्माणस्थल अवलोकन

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका–४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको आज स्थलगत अवलोकन गरेका छन् । । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको थाप्लेको भूमे मन्दिर नजिकै निर्माण गर्न लागिएको हनुमतधामको स्थलगत निरीक्षणसँगै मुख्यमन्त्रीले सम्बद्ध स्थानीयवासी, निर्माण समितिसँग छलफल गरेका थिए। धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । उक्त प्रतिवेदनअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति राखिने जनाइएको छ । डोमबाट ६४ फिट… पुरा पढौ