पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आज शनिबार रक्तदान कार्यक्रम गर्न लागेको हो ।
पोखरा – ५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने कार्यक्रम संयोजक तथा एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने उनले बताए ।
‘एफएमले आफ्नो वार्षिक तालिका अनुसारै रक्तदान कार्यक्रम गर्न लागेको हो । चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा हुनसक्ने रगतको अभाव पूर्ती गर्नपनि यो कार्यक्रम सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो’–उनले भने ।
बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गर्न लागेको रेडियोले जनाएको छ ।
रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि रु भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ के।जि।तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना अर्थात ९० दिन पूरा भएका, पिरियडरमासिक रक्तश्रावरमहिलाको हकमा० भएको छैटौं दिन पुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल ९औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्छ० भएकाले ढुक्कले रक्तदान गर्न सक्ने रक्त संचार केन्द्र पोखराका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले बताए ।
एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







