समाचार

डेढ दशकसम्म बेनी–लभ्लिहिल–भकुण्डे सडकको अवस्था उस्तै,यात्रुलाई समस्या

गलेश्वर । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् । विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारी साधन सञ्चालन हुन नसकेका स्थानीय कृष्णबहादुर घिमिरेले बताए। सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको… पुरा पढौ

तनहुँमा सात हजार डेङ्गु सङ्क्रमित

तनहुँ । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच… पुरा पढौ

पोखरामा हुने मैत्रीपूर्ण दौडमा भाग लिन चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७… पुरा पढौ

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेतीको सुरुवात

गोरखा । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए। वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा २ जनाको मृत्यू

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनाको मृत्यू भएको हो । मृत्यू हुनेहरुमा मुस्ताङ घर भई पोखरा–२९ पटनेरी डेरा गरेर बस्ने ४६ वर्षिय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षिया सावित्री सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अपराह्न ४ बजे करेन्ट लागेर दुबैजना घाईते भएका थिए । घाईते… पुरा पढौ

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानुन तर्जुमा गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

मङ्सिर ४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताएका छन् । उनले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गरे । मानव सेवा आश्रमले आज आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानुन नै बनाएर कार्यान्वयन गरिने बताए । यस्तै, सङ्घ, प्रदेश र… पुरा पढौ

पूर्व मुख्यसचिव पौडेलको नेतृत्वमा गृह प्रशासन सुधार गर्न समिति गठन

मङ्सिर ४ काठमाण्डौं । सरकारले गृह प्रशासन सुधारको पहल थालेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका छन् । गृहमन्त्री श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिएका छन् । विगतमा नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको, मिटरब्याजीविरुद्ध कानुनी व्यवस्था गरी उक्त समस्या समाधान गर्नाका साथै ललिता निवास प्रकरणको फाइल पुनः खोल्न अग्रसरता लिएका… पुरा पढौ

‘टिकटक चलेको भए खबर गरौँ’ : प्राधिकरण

मङ्सिर ४ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । टिकटकमा पहुँच पुगेको भए टिकटक… पुरा पढौ

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने

मङ्सिर ४ काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र… पुरा पढौ

पोखरामा खुल्यो प्रिमो एजुकेशन

पोखरा । पोखरामा उच्च शिक्षा अध्ययन तथा विदेश जान चाहनेहरुको लागी सम्पूर्ण सेवा दिने उद्देश्यले प्रिमो एजुकेशन एवं एकेडेमीको शुरुवात भएको छ । पोखरा शैक्षिक राजधानीको रुपमा विस्तार हुदैँ गएको परिप्रेक्षमा विद्यार्थीलाई उचित परामर्श ज्ञान सीपको लागी एकेडेमीको भूमिका महत्वपूर्ण रहने शैक्षिक परामर्श संघका केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्रीले बताए । सन् २०१८ मा अष्ट्रेलयाबाट शुरु गरीएको एकेडेमी नेपालको मूख्य शहरहरु लगायत भारतमा समेत शाखा विस्तार गर्ने योजना रहेको एकेडेमीका संस्थापक कार्यकारी अधिकृत दिपक के.सी. ले बताए । एकेडेमीका पोखरा प्रमुख… पुरा पढौ