समाचार

पोखरामा पुरानै लयतिर पर्यटन

“यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका थलिएको पर्यटन व्यवसाय अहिलको आर्थिक मन्दीबीच पनि चलायमान देखिएकामा उनले खुसी व्यक्त गरे । अध्यक्ष श्रेष्ठले भने, “पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन राम्रो छ, सबै पक्ष डटेर लागे पोखराको पर्यटन विकास र प्रवर्द्धनलाई अझ नयाँ उचाइ दिन सकिन्छ ।” यस वर्ष पोखरा घुम्न आउने आन्तरिक पर्यटकको… पुरा पढौ

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न… पुरा पढौ

पोउवा संघमा करसम्बन्धी अन्तरक्रिया, अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर : प्रमुख कर अधिकृत

मंसिर ५ पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ । आन्तरिक राजश्व कार्यालय पोखराको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए । राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा… पुरा पढौ

सामाजिक सुरक्षाकोषको सक्रियता

मंसिर ५ पोखरा । सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि बताए । पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले कोषमा आवद्ध हुनुका फाइदाबारे व्यापक प्रचार हुन नसकेको पनि स्वीकारे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक सुरक्षा कोषले आफ्ना गतिविधिहरु जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।… पुरा पढौ

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न

पोखरा । पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा नेपाली… पुरा पढौ

युएन हाउस र मन्त्री निवास वरपर निषेधाज्ञा

मंसिर ५ काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय र मन्त्री निवास वरपरको क्षेत्रमा पाँच जनाभन्दा बढी हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । युएन हाउस र मन्त्री निवास वरपरको क्षेत्रको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आजदेखि आगामी छ महिनासम्म लागू हुने गरी उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेका थिए । प्रमुख जिल्ला अधिकारी पण्डितद्वारा जारी आदेशमा भनिएको छ, “ललितपुर जिल्ला ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–२० को तयारी अन्तिम चरणमा, उपाधीकालागि १२ टोलीले प्रतिस्पर्धा गर्ने

मङ्सिर ५ पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको… पुरा पढौ

टिकटक प्रतिबन्धको निर्णयप्रति सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मङ्सिर ५ काठमाण्डौं । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन… पुरा पढौ

‘न्यायका लागि कहिलेसम्म घाँटी फुलाएर चिच्याईरहनुपर्ने हो ?’

पोखरा, मंसिर ५ द्वन्द्व पीडितहरुले बृहद शान्ति सम्झौता भएको १८ वर्ष लाग्दासमेत न्याय नपाएको गुनासो गरेका छन् । बिस्तृत शान्ति सम्झौता भएको १८ वर्ष लागेको अवसरमा आम द्वन्द्व पीडित समुदाय गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको ‘अपुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले लामो समयसम्म न्याय नपाउँदा द्वन्द्व पीडितहरु विक्षिप्त हुन पुगेका बताएका हुन् । कार्यक्रममा उनीहरुले न्यायका लागि कहिलेसम्म लडिरहनुपर्ने हो भनेर प्रश्नसमेत गरेका छन् । कार्यक्रममा बोल्दै द्वन्द्व पीडित समुदाय गण्डकी प्रदेश अध्यक्ष दूधराज… पुरा पढौ

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव सफल बनाइने

दमौली । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । महोत्सव तयारीका लागि तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आयोजित सर्वपक्षीय बैठकमा सोही गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस महोत्सवले देवघाटको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। उक्त महोत्सवलाई भरतपुर भ्रमण वर्ष २०२४ सँग जोडेर लैजान… पुरा पढौ