समाचार

पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक कालोपत्र

पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । करिब डेढ किलोमिटर सडक रू. पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिए । अस्फाल्टबाट कालोपत्र गर्दा बलियो हुने भएकाले लागत पनि बढी भएको उनको भनाइ थियो । महेन्द्रपुल–पृथ्वीचोक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेपछि सवारी चलाउन सहज भएको चालकहरुको भनाइ छ । अस्फाल्ट पिच गर्दा… पुरा पढौ

नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उनले भनिन । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।… पुरा पढौ

दियोबाट आगालागी हुँदा २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए । आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना,… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजारगोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा छ । रासस पुरा पढौ

पोखरामा भिन्तुना ¥यालीसहित नेपाल संवतको स्वागत गरिँदै

नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना ¥यालीसहित भव्य स्वागतको तयारी गरिएको छ । नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित ¥यालीको आयोजना गनै लागिएकोे हो । नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना ¥याली आयोजना गरिने नेवा… पुरा पढौ

आज यमपञ्चकको तेस्रो दिन, गाईको पूजाआजा गरी मनाइँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ… पुरा पढौ

फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड

कार्तिक २६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन् । सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ । आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।… पुरा पढौ

नवलपुर पूर्वमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

कार्तिक २६ नवलपुर पूर्व । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।… पुरा पढौ

विपद व्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो कार्तिक ३० गते

पोखरा । प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले दिपावलीको अवसर पारी आगामी कार्तिक ३० गते पोखरा अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । विगतका वर्षहरुमा जस्तै यो पटक पनि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागिएको… पुरा पढौ

भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने

काठमाडौ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५÷२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताए। “भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण… पुरा पढौ