समाचार

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो । आइएफआरसीले नेपाल… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आइतबार आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरि, आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । पुरा पढौ

गोरखाको भीमसेन उद्यान आन्तरिक पर्यटकको रोजाइमा

गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहने प्रायः कमै हुन्छन् । गोरखा घुम्न आउने विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटकका लागि पनि ऐतिहासिक गोरखा दरबार, धार्मिक आस्थाको धरोहरका रूपमा रहेको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरवार सङ्ग्राहलय पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएका छन् । गोरखा जिल्ला घुम्न आउनेहरू विशेष गरेर गोरखाको वीरताको नजिकबाट अध्ययन र अवलोकन गर्न रुचाउँछन् । यिनै पर्यटकीय गन्तव्यसँगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मथलोमा रहेको भीमसेन उद्यान… पुरा पढौ

आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि… पुरा पढौ

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

कार्तिक २५ काठमाण्डौं । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री प्रचण्डसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भने, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा… पुरा पढौ

राष्ट्रिय मा.वि हीरक जयन्ती : मुल आयोजक र कार्य सम्पादन समिति गठन

कार्तिक २५ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गर्दैछ । हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्यन गरेका पूर्व विद्यार्थी, पूुर्व शिक्षक/कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । पर्यटन विभाग, अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चार आश्रयस्थल निर्माण गरिएका हुन् । आश्रयस्थल निर्माण भएपछि बस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएको नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा जाने पदमार्गलाई सहज भएको स्थानीयवासी तेज गुरुङले बताए । “सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गरिएका छन्,” उनले भने “पर्यटकको चाप बढेकाले आश्रयस्थलको सङ्ख्या र क्षमता बढाउनुपर्ने… पुरा पढौ

हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए । “रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो”, उनले भने, “रू ३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।” वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर… पुरा पढौ

तिहारमा पनि पृथ्वीराजमार्ग विस्तार गर्ने कार्य नरोकिने

तनहुँ । तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ । मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उनले बताए। पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम… पुरा पढौ

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नरगराउन समिति गठन गरेको हो । यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नरगराउनका लागि उक्त समिति ९गठन० आदेश २०८० स्वीकृत गर्ने निर्णय… पुरा पढौ