समाचार

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो । रासस पुरा पढौ

गोरखामा आगलागीबाट आमाछोराको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्र्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र… पुरा पढौ

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ । नगरपालिकाको कूल जनसङ्ख्याको करिब २० प्रतिशत नेवारी समुदायको रहेकाले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न उनीहरुले माग गरेका हुन् । नगरपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । तर त्यसमा नेवारी कला र संस्कृति समावेश नगरिएको नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले बताए । “प्राथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले… पुरा पढौ

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष… पुरा पढौ

आजको मौसम यस्तो छ

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ । “भोलि सोमबार र कात्तिक २८ गते मङ्गलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एकरदुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप,अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । दसैँको समय अर्थात गत… पुरा पढौ

जीप दुर्घटना अपडेट: मृतक चार जनाको परिचय खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट… पुरा पढौ

७५औँ वार्षिकोत्सव मनाउँदै राष्ट्रिय माध्यमिक विद्यालय

गण्डकी । पोखरा महानगरपालिका– १ पुुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव वर्षभर मनाउने गरी तयारीमा जुुटेको छ । आगामी मङ्सिर २० गते विद्यालय स्थापनाको ७४औँ वर्ष पूरा गरी ७५औँ वर्षमा प्रवेश गर्दैछ । विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलका नामबाट पोखरा–३ नदीपुरमा सञ्चालित उक्त विद्यालयलले २००७ सालमा स्थायी स्वीकृति लिएसँगै तत्कालीन राजा त्रिभुवनबाट रु एक हजार पाएपछि विद्यालय भवन निमार्ण थालिएको थियो । नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय त्यहाँबाट स्थानान्तरण गर्न जमिनको… पुरा पढौ

जीप दुर्घटनामा ६ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । रासस पुरा पढौ

बागलुङमा बढ्यो भोटे कुकुरको माग

पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका… पुरा पढौ