समाचार

स्याङ्जामा श्रीमतीको हत्या गरी आत्महत्या

स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए । साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा… पुरा पढौ

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । विसं २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरे । उल्लिखित… पुरा पढौ

चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य

पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् ।… पुरा पढौ

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताइन । पालिकाभित्र अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो । “पछिल्लो समय भोजभतेरमा मात्र होइन… पुरा पढौ

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु… पुरा पढौ

पोखरामा रगत अभाव: रक्तदान गर्न आह्वान

गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले भने, “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित… पुरा पढौ

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताए । रासस पुरा पढौ

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

कार्तिक १३ पोखरा । नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेका छन् । आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बराल लगायतले स्वागत गरेका थिए । महासचिव गुटेरेसले महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गरेका थिए । महासचिव… पुरा पढौ

अन्तर्राष्ट्रिय क्यान्सर रोग बिशेषज्ञ डा श्रेष्ठ पोखरामा, सोमवार जि एम सिका बिद्यार्थीसॅंग गरे अन्तर्क्रिया

पोखरा । लामो समयदेखि स्विट्जरल्याण्डमा क्यान्सर रोग विशेषज्ञका रुपमा अनुभव सम्हालेका डा. बिनयकुमार श्रेष्ठ एक सातादेखि पोखरामा रहेका छन्। उनले गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग सोमबार अन्तरक्रिया समेत गरेका छन्। सो अवसरमा डा.श्रेष्ठले स्वीटजरल्याण्डमा आँफूले सिकेका अनुभवहरु सुनाएका थिए।गत साता उनले भक्तपुर क्यान्सर अस्पतालको रेडिएसन अंकोलोजी विभागमा पुगेर डाक्टरहरु समक्ष आफ्नो अनुभव साटेका थिए। डा. श्रेष्ठले मंगलबार गुतेश्वर महादेव बहुमुखी क्याम्पन्समा पुगेर स्विट्जरल्याण्डको शिक्षा प्रणालीबारे जानकारी दिदैछन्। दुई दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएका डा. विनय श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् ।भरतपुर… पुरा पढौ

ओलीको प्रष्टिकरण : दुर्गा प्रसाईंलाई कारवाही गरिदिन पर्यो भनेर प्रचण्डसँग गुहार मागेको छैन

पोखरा, कात्तिक १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो दुई वर्षमा गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामा पुगेको बताएका हुन् । बनाउन धेरै समय लाग्छ तर बिगार्न धेरै समय लाग्दैन,उनले भने,‘केवल दुई वर्षमा गठबन्धन सरकारले देश बिगारे । ध्वस्त पारे । आज राजनीतिक… पुरा पढौ