समाचार

पार्टी भित्रको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न पृथ्वी सुब्बा गुरुङको आह्वान

नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले त्यस किसिमका दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । उनले पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीलाई ईंगित गर्दै यो कुरा बताएका हुन् । पार्टी भित्र संकिर्णतावाद, व्यक्तिवादलगायतका धेरै किसिमका प्रवृत्ति रहेको भन्दै त्यसलाई मिलेर… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

कार्तिक १३ काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन… पुरा पढौ

पोखरेलीको आत्मीय स्वागतःमाला र टोपीमा सजिँदा महासचिव गुटेरेस

गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए। उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र… पुरा पढौ

आइसिसी टी–२० विश्वकप छनोट : यूएईसँग बहराइन पाँच विकेटले पराजित

कार्तिक १३ काठमाण्डौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ । युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र… पुरा पढौ

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९र८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए । उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आईपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् । गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे । विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको… पुरा पढौ

पोखरामा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन

पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको… पुरा पढौ

स्याङ्जामा गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ । स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत उपयोगी रहेकाले यसलाई प्रशोधन गरी प्रयोग गर्ने ध्येयले प्लान्ट जडान गरिएको छोरेडाँडा गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताए । “स्थानीय जातको गाईको गौमूत्रको महत्व बुझ्न नसक्दा यसै खेर गइरहेको थियो”, उनले भने, “यसको महत्वलाई दृष्टिगत गरी बुटवलबाट अत्याधुनिक प्रशोधन मेसिन खरिद गरी ल्याएर प्रशोधन थालेका छौँ ।” छाडा छाडिएका गाईका कारण… पुरा पढौ

मसानघाट पनि अतिक्रमणमा,नदीको आकार पनि साँघुरिदै

ढोरपाटन । एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, गुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो । घाटमा अवैधरुपमा संरचना निर्माण गर्नुका साथै… पुरा पढौ