समाचार

हस्तलेखनमा प्रथम भएकी मानवीलाई कुमुदिनी होम्सद्वारा बधाई तथा पुरस्कार हस्तान्तरण

असोज ३० पोखरा । कसमस एजुकेशन ट्रेनिङ सेन्टरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल विद्यार्थी मानवी तिवारीलाई कुमुदिनी होम्सले सम्मान तथा वधाई दिएको छ । साथै उनलाई पुरस्कार हस्तान्तरण गरेको छ । विद्यालयका अध्यक्ष अशोक पालिखेले कक्षा १० मा अध्ययनरत् छात्रा तिवारीलाई उनले हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गरी प्राप्त गरेको नगद रुपैयाँ १५ हजार, मेडल तथा ट्रफि एक मंगलबार एक समारोहबीच समारोहबीच हस्तान्तरण गरे । सो अवसरमा पालिखेले आफ्ना विद्यार्थीहरुले पढाईको साथसाथै अतिरीक्त… पुरा पढौ

मदरल्याण्डमा २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम सकिए

पोखरा । सैद्धान्तिक सिकाइका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम विद्यालय प्राङ्गणमा एक समारोहबिच मङ्गलबार सम्पन्न गरेको छ। लगभग एक महिना अघिदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रम ओैपचारिक रूपमा दुई दिनसम्म चलेको थियो। दुई दिने ओैपचारिक खेलकुद कार्यक्रममा खेलकुद विभागका प्रमुख गङ्गाबहादुर गुरुङलाई बल हस्तान्तरण गर्दै प्राचार्य नारायण बरालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलको महत्त्व र खेलकुदमा अनुशासनको भूमिकाका बारेमा प्रस्ट पारेका थिए । यस अवसरमा मार्च पास, फुटसल,… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७,… पुरा पढौ

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय… पुरा पढौ

मासुको उचित मापदण्ड पूरा नगरी बिक्री वितरण गरिदै

गलकोट । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ । बागलुङमा मासु पसलहरुले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरुको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खोलबाड भइरहेको मासु पसलहरुको अनुगमनका क्रममा पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र… पुरा पढौ

सहुलियत पसल पोखराको साल्ट ट्रेडिङमै छैन चिनी

लेखनाथ । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो”, क्षत्रीले भने, “बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी… पुरा पढौ

धर्मकाया बुद्ध मण्डलाको ८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ३० असोज ।धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। पोखरा ११ काँहुडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै पोखरा एवम नेपालकै समृद्धिका लागि योगदान पुग्ने गरी धर्मकाया बुद्धमण्डला निर्माणका लागि गठित समितिको वार्षिक साधारणसभा सम्पन्न भएको हो।साधारणसभाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पोखरा महानगरपालिका ११ नं वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले काँहुडाडामा निर्माण हुने धर्मकाया मण्डलाले पोखरा एवम नेपालकै पर्यटकीय केन्द्रको रुपमा विकास हुने बताउनुभयो। मण्डला निर्माणका लागि सक्दो छिटो पहल गर्न समितिलाई आग्रह गर्दै… पुरा पढौ

क्षेत्री समाज पोखराले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा र महाआरती गर्ने

पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित धार्मिक विधी पुर्वक आरती गर्ने भएको छ । वाटुलेचौरमा रहेको चण्डीका, कालिका र अम्विका मन्दिरमा फुलपातीको दिन विहान कलश यात्रा गरिने र साझँ महाआरती सहित शुभकामना आदान प्रदान र चियापान गरिने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डीका मन्दिरवाट शुरु भई अम्विका मन्दिर हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत हुने समाजका… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव जारी, हरेक दिन दिउसो प्रवचन हुने

पोखरा। बडादसैं अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु भएको महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ भने दिउँसोदेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।हरेक बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म असोज ३० गते र कार्तिक १ गते पं जगन्नाथ रेग्मी, कार्तिक २ र ३ गते दार्शनिक वक्ता डा।… पुरा पढौ

प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् । गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए । प्राचार्य सापकोटाले… पुरा पढौ