समाचार

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

दमौली । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा स्वर्णिम वाग्लेको पहलमा रु एक लाख सहयोग गरिएको हो । रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई रु एक लाख बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेललगायतले उक्त रकमको चेक बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका छन् । केही… पुरा पढौ

तनहुँमा डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

दमौली । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए । छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११… पुरा पढौ

कलेजो र मिर्गौलाका सात सय २८ बिरामी स्वास्थ्य शिविरबाट लाभान्वित

गलकोट । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् । पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् । रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको… पुरा पढौ

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

असोज २५ काठमाण्डौं । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गएका छन् । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको… पुरा पढौ

कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : अध्यक्ष नेपाल

असोज २५ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताएका छन् । पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दैै पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् । “हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देश बाहिर पलायन भइरहेको छ”, उनले भने, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी… पुरा पढौ

विश्वकप छनोट : नेपाल लाओससँग बराबरीमा रोकियो

असोज २५ काठमाण्डौं । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’… पुरा पढौ

समावेशी बचत ऋण सहकारीको अध्यक्षमा पुनः गुरुङ निर्विरोध

असोज २५ पोखरा । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको आज सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रञ्जन कुमार बुद्धाचार्य, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा सीता अधिकारीलाई निर्विरोध चयन गरेको छ । यस्तै सदस्यहरुमा कल्पना थापा, ईन्दु भट्टराई, विजया गुरुङ, ज्ञानु शाक्य, पारस कुमार गुरुङ, पुरुषोत्तम श्रेष्ठ र रामप्रसाद श्रेष्ठ चयन भएका छन् । निर्वाचन मण्डलमा संयोजक ध्रुवसिंह खड्का,… पुरा पढौ

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

असोज २५ काठमाण्डौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय–सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो । मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव… पुरा पढौ

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ दशैपछि हुने

असोज २५ काठमाण्डौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले भने, “मुद्दा आजको पूर्ण इजलासमा हेर्न नमिल्ने भयो । अब अर्को इजलास तय गरेर पूर्ण इजलासमै सुनुवाइ गर्ने आदेश भएको छ ।”… पुरा पढौ

कारोबारको अन्तिम दिन नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ । कारोबार पछि कूल बजार पुँजीकरण रू २८ खर्ब… पुरा पढौ