समाचार

आज विश्व शिक्षक दिवस

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ । नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।… पुरा पढौ

मौसममा क्रमिक सुधार

विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुादै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए । “मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ”, उनले भने । मौसमविद् झाका… पुरा पढौ

एभरेष्टकर्मी श्रेष्ठ रेन्बो चिल्ड्रेन होम नेपालबाट सम्मानित

पोखरा । रेन्बो चिल्ड्रेन होम नेपालले एभरेष्टकर्मी सन्देश श्रेष्ठलाई सम्मान गरेको छ । पोखरा लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमका अवसरमा श्रेष्ठलाई प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी हुन् । कार्यक्रमको उद्धघाटन गर्दै सिम्खडाले बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई समय पुगेपछि नागरिकता दिन सहज गराउनुपर्ने बताएकी छन् । उनले घेरै बालबालिकाहरु हुर्किएपछि नागरिकता लगायतका कागज नभएको कारण उनी धेरै सुविधाबाट बञ्चित हुनुपरेको… पुरा पढौ

एभरेष्टकर्मी श्रेष्ठ रेन्बो चिल्ड्रेन होम नेपालबाट सम्मानित

पोखरा । रेन्बो चिल्ड्रेन होम नेपालले एभरेष्टकर्मी सन्देश श्रेष्ठलाई सम्मान गरेको छ । पोखरा लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमका अवसरमा श्रेष्ठलाई प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी हुन् । कार्यक्रमको उद्धघाटन गर्दै सिम्खडाले बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई समय पुगेपछि नागरिकता दिन सहज गराउनुपर्ने बताएकी छन् । उनले घेरै बालबालिकाहरु हुर्किएपछि नागरिकता लगायतका कागज नभएको कारण उनी धेरै सुविधाबाट बञ्चित हुनुपरेको… पुरा पढौ

निर्देशन लत्याउँदै पिएस र केआर गुट प्यानलसहित चुनावी मैदानमा

पोखरा । नेकपा एमालेले पार्टीको प्रादेशिक चुनावमा प्यानलसहित चुनाव लड्न निशेध गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानलसहित चुनाव लड्न नदिन प्रदेशको चुनाव गराउन खटिएका नेताहरुलाई निर्देशन दिएका छन् । गण्डकीमापनि प्यानलसहित चुनाव लड्न निशेध गरिएको थियो । एमाले गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले प्यानलसहित चुनाव लड्न नपाईने बताएका थिए । उनले भनेका थिए,‘प्यानल खडा गरेर चुनाव लड्न पाईंदैन र दिईदैन । अस्वस्थ प्रतिष्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई दिईदैन र त्यो छुटपनि छैन ।’ तर… पुरा पढौ

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने :‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उनले भने । बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामुयिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज र छिटो हुने उनले बताए । ‘यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेकोछ’ उनले भने । ‘प्राकृतिक विपत्तीसँग… पुरा पढौ

ज्याग्दीखोला साहित्य–कला पुरस्कार साहित्यकार पोषराज पौडेललाई

पोखरा । प्रगतिशील साहित्यकार पोषराज पौडेललाई ज्याग्दीखोला साहित्य–कला पुरस्कार २०८० प्रदान गरिने भएको छ । ज्यााग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्गजाले प्रत्येक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष साहित्यकार पौडेललाई अर्पण गर्ने निर्णय गरेको हो । छनौट समितिका संयोजक त्रिलोचन ढकाल, प्रतिष्ठानका उपाध्यक्ष अग्नी पल्लव र रेशम गोतामेको समितिले गरेको सिफारिषका आधारमा निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । पोखरा महानगर पालिका साविकको लामाचौर गाविस, घार्मीमा जन्मिएका पौडेलको स्थायी वसोवास भने चितवनमा रहेको छ । श्रमजिवी र दविएका वर्गका आवाजलाई साहित्य मार्फत… पुरा पढौ

लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड बागलुङका साराशंकरलाई

काठमाडौं । अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तरगत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको भव्य अवार्ड कार्यक्रमका बीच साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् । करिब डेढ दशक यता लोक तथा दोहोरी गीत क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा कार्यरत साराशंकरलाई जुरीले उत्कृष्ट निर्देशकहरुमध्ये उत्कृष्ट ५ भित्र छनौट गरेको थियो । उत्कृष्ट मध्येबाट साराशंकर सर्वोत्कृष्ट निर्देशकको रुपमा छानिएका हुन् । कानुनमन्त्री… पुरा पढौ

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने… पुरा पढौ

बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देश

दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकको निर्णय सुनाउनुहुँदै सभापति अब्दुल खांनले चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । “चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य… पुरा पढौ