समाचार

सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन

पोखरा । सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा। रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ छन् । गत भदौ ३० गते भएको क्लबको १३ औं अधिवेशनबाट… पुरा पढौ

तीन पालिकाका एकहजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पोखरा । नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कास्कीका तीन पालिकाका एक हजार एक सय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा पालिकाको वडा नं. ७ मा रहेका लान्दु्रक, हिमालय, चण्डी, तान्चोक माझगाउँ आधारभूत विद्यालय र संगम मा.वि.का ६७ विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ । कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका ७ का अध्यक्ष भरतमान गुरुङले शैक्षिक सामग्री तथा न्यायो कपडा सहयोगले विद्यार्थी विद्यालय निरन्तर हुने… पुरा पढौ

कास्कीकोटमा  प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं  २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं. २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ । संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन  ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए । फुटबल तर्फका विजेताले ५५ हजार… पुरा पढौ

एमाले गण्डकीको नया नेतृत्व छान्न बुधबार चुनाव,पिएस र खगराज फेरी आमनेसामने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नया नेतृत्व छान्न बुधबार चुनाव हुने भएको छ । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार पूर्वाह्न १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र १ बजेदेखि चुनाव हुने जानकारी दिए । सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा बुधबारदेखि चुनावी प्रक्रिया शुरु भएको छ । निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर… पुरा पढौ

यस वर्षको विजयादशमीको उत्तम साइत सार्वजनिक

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै… पुरा पढौ

पोखरा-१७ ड्यामसाईड नजिकैको सडक ओभरलोड टिप्परका कारण भत्कियो

पोखरा, असोज १६ पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग.१ ख.४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो । ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ । तितेपानीहुँदै शान्ति स्तुप निस्किने उक्त सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको उक्त सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निशेध गरिएको थियो । तर मंगलबार भने भवन निर्माणका लागि बालुवा बोकेको टिप्पर जाँदा सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना… पुरा पढौ

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

मुस्ताङ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गरे । नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेशनहरु लाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न, बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने… पुरा पढौ

तनहुँमा फस्टाउँदो ड्रागन खेती

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट रु।आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेका छन । विसं २०७९ वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौँ पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन। “अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उनले भनिन । अर्को हप्ता नवौँ पटक… पुरा पढौ

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो । रासस पुरा पढौ