समाचार

अध्ययन केन्द्रको रुपमा विकास हुँदै पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताइन।… पुरा पढौ

श्रीलङकामा गुडिरहेको बसमाथि रुख खस्दा पाँचको मृत्यु

श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ । क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हठाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । रासस पुरा पढौ

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ । गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारुस र रुसका मानवअधिकार कार्यकर्ताहरूले जितेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारुसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो । नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिन्छ । विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचेभ, आङ सान सु की र… पुरा पढौ

१९औँ एसियाली खेलकुद: भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले… पुरा पढौ

सुनचाँदीको भाउ आज स्थिर , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । पुरा पढौ

बागलुङमा बढ्यो डेङ्गु : १३० जनामा सङ्क्रमण पुष्टि

बागलुङमा पछिल्लो समय डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ । साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उन्ले जिल्लामा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गरे । “एक महिना अघिसम्म डेङ्गु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो,… पुरा पढौ

आज विश्व मुस्कान दिवस

आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुदैँन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।” मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उनका… पुरा पढौ

एमाले गण्डकीको पदाधिकारीमा पृथ्वी सुब्बा समूहका सबै बिजयी, खगराज समूह निल

पोखरा, असोज १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका शर्माले प्रतिष्पर्धी खगराज समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा पराजित अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन् । उपाध्यक्षमा पिएस समूहकै मीनबहादुर गुरुङ निर्वाचित भए । उनले… पुरा पढौ

आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम

पोखरा । इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख गरे । “नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह गर्नसक्छ ।”, उनले भने । हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । नेपालको… पुरा पढौ

सहारा क्लब हङकङले दियो १२ जनालाई आजीवन सदस्यता

पोखरा । सहारा क्लब हङकङले १२ जनालाई आजीवन सदस्यता दिएको छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै आजीवन सदस्यता प्रदान गरेको हो । जसमा कास्कीको अर्मलाकोटका भीमबहादुर गुरुङ, अर्मला का सुरज गुरुङ, रिभानका विकास गुरुङ, सावेतका अमृत गुरुङ, याङ्जाकोटका दुतराज गुरुङ छन् । यस्तै, कास्कीकै रेनु केसी, दिलबहादुर गुरुङ, डु गुरुङ, राजकुमार सापकोटा छन् । साथै, गोरखाका रोशन आलेमगर, सानु गुरुङ, पर्वतका अनिल गुरुङलाई पनि आजीवन सदस्यता दिइएको सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले… पुरा पढौ