समाचार

दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थालाई दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन । समाजकल्याण परिषद्द्वारा आज आयोजित ४४औँ सामाजिक सेवा दिवसका अवसरमा मन्त्री आचार्यले गैरसरकारी सङ्घसंस्थालाई आफ्ना कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन। “दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको छ । गैरसरकारी संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने गरी अनुगमन एवं प्रभावकारी बनाइने चालु नीति तथा कार्यक्रममै उल्लेख छ”, उनले भने, “यसलाई कार्यान्वयन गर्दै दिगो विकासका लक्ष्य… पुरा पढौ

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको… पुरा पढौ

शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने

नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन्… पुरा पढौ

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन पुगेका छन । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए… पुरा पढौ

ढोरपाटन क्षेत्रका आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ । भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् । पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको दुःखेसो… पुरा पढौ

गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’ सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो । असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको… पुरा पढौ

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा घिमिरे

पोखरा, असोज ६ पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे (अमृत) चयन भएका छन् । समितिको शुक्रबार राती सम्पन्न एघारौं साधारणसभा तथा छैटौं अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भए । यसैगरी सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा… पुरा पढौ

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : अध्यक्ष ओली

असोज ५ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उहाँले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए ।“मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ”, उनले भने, “आफ्नो… पुरा पढौ

पोखराको बजार क्षेत्र पर्यटनको हब होईन भनेर दुस्प्रचार गर्नु विडम्वना हो : निउरे

असोज ५ पोखरा । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरेले पोखराको बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरिएको गुनासो गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको एघारौं साधारण सभा तथा छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले पर्यटनको ठेकेदार भनौदाहरुले पोखरा बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरेको आरोप लगाएका हुन् । पर्यटनको राजधानी भएरपनि पोखराको बजार क्षेत्र उपेक्षित हुनु र त्यसमाथिपनि पर्यटनको हब होईन भन्दै पर्यटन क्षेत्रकै अगुवाहरुले दुस्प्रचार गर्नु विडम्वना भएको उनले टिप्पणी गरे । अध्यक्ष… पुरा पढौ

सरकार र शिक्षक महासङ्घबीच ७ बुँदे सहमति

असोज ५ काठमाण्डौं । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् । मन्त्री शर्माले… पुरा पढौ