समाचार

पत्रकार दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित

असोज ५ पोखरा । पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो एघारौं साधारण सभा तथा छैटौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेल, समितिका अध्यक्ष बालकृष्ण निउरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले दोषल्ला, माला र सम्मान पत्र प्रदान गरेर दवाडीलाई सम्मान गरेका थिए । पुरस्कृत दवाडी नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की… पुरा पढौ

सार्वजनिक यातायात अपाङ्गता भएकाहरुको पहुँचयुक्त बनाउनुपर्नेमा जोड

असोज ५ पोखरा । पोखराका सार्वजनिक यातायात आफूहरुको पहुँचमा नरहेको शारिरिक रुपमा अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । नेपालको संविधान र कानूनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भनेपनि त्यसअनुसार हुन नसकेको उनीहरुको भनाई छ । अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा शुक्रबार पोखरामा आयोजित ‘सबैका लागि पहुँचयुक्त यातायात’ सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले शारिरिक रुपमा अपाङ्गता भएका, दृष्टिविहीन, बहिरालगायतले सार्वजनिक यातायात चढेर यात्रा गर्ने वातावरण नभएको गुनासो गरे । उनीहरुले… पुरा पढौ

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ

“विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य” श्रीमान् अध्यक्षज्यू,महामहिमज्यूहरु,विशिष्ट प्रतिनिधिज्यूहरु सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु । त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको सवलीकरण र बहुपक्षीयताको प्रवद्र्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटरेसप्रति गहिरो प्रशंसा व्यक्त गर्दछु । विशेषगरी विश्वास र सहकार्यको प्रवाहमा खडेरी परेको र विश्वासको सङ्कटले संसारभरि प्रभुत्व स्थापित गरिरहेको आजको सन्दर्भमा ‘विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःप्रकाश’… पुरा पढौ

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि गुनासो गर्ने बढे

सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७… पुरा पढौ

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो । एउटा खेलमैदानका लागि रु पाँच लाख २५ हजारदेखि बढीमा रु १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताए । “चालु आवमा पनि खेलमैदान निर्माणका लागि रु चार करोड… पुरा पढौ

राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई

पोखरा । राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा… पुरा पढौ

पृथ्वी होटल व्यवसायी समितिको अधिवेशन भोलि, पत्रकारिता पुरस्कार दवाडीलाई

असोज ४ पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अधिवेशन भोलि हुने भएको छ । समितिको एघारौं साधारण सभा तथा छैटौं अविधेशन भोलि पृथ्वीचोकस्थित दिव्याश्री व्याङ्क्वेट (बाजेको सेकुवा)को सभाहलमा हुने भएको हो । अधिवेशन पूर्वाह्न ९ बजेदेखि शुरु हुने समितिका अध्यक्ष बालकृष्ण निउरेले जानकारी दिए । यसैबीच, समितिले प्रत्येक दुई÷दुई वर्षमा प्रदान गर्दै आएको पृथ्वी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कृष्ण दवाडीलाई प्रदान गर्ने भएको छ । समितिको हालै बसेको बैठकले पुरस्कार दवाडीलाई दिने निर्णय गरेको अध्यक्ष निउरेले जानकारी दिए ।… पुरा पढौ

डागर स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न, युवा खगोल अध्येता मनिषा द्वा सम्मानित

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसर पारेर युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई एकैसाथ पुरस्कृत एवम् सम्मानित गरेको छ । प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार पाँचसय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वालाई पुरस्कृत गरेको हो । यस्तै, प्रतिष्ठानको विधान दफा १० उपदफा ५ बमोजिम मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका प्रतिभालाई अर्पण गर्न सकिने डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई… पुरा पढौ

विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न पोखराका मेयरको निर्देशन

असोज ४ पोखरा । पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले विद्यालयको पठनपाठन नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं गएपछि पोखराका विद्यालयहरुमा पठनपाठन हुन सकेको छैन । शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन प्रभावित भएपछि पोखराका मेयर आचार्यले विहीबार एक विज्ञप्ती जारी गर्दै विद्यालयमा पठनपाठन नियमित गराउँदै शिक्षण सिकाईका क्रियाकलापहरु नियमित गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् । मेयर आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई… पुरा पढौ

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ । उक्त कम्पनीले आज… पुरा पढौ