समाचार

कविताले गाउँ जाने बाटो निर्माण गर्छ ! 

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६१ औं शृङ्खला पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका अतिथि बिम्व कवि रमेश श्रेष्ठले ‘कविताले गाउँ जाने बाटो निर्माण गर्ने चेतनाको बिकास गर्न सक्ने क्षमता भएको बताए ।’ काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले तिन दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ, कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।… पुरा पढौ

अर्धनारेश्वर टोल बिकाश संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । अर्धनारेश्वर टोल बिकाश संस्था पोखरा १३ आर्वाको सातौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनीवार आर्वा कुईथोकमा सम्पन्न भयको छ।   साधारणसभाको उद्घाटन समाजसेवी, जेष्ठ नागरिक तिलकप्रसाद बरालले गरेका थिए। सो अवसरमा बरालले टोल बिकाश संस्थाहरुले आफ्नो गाउँ टोल समाजको बिकाश सबै  मिलेर गर्नु पर्ने बताए।     अर्धनारेश्वर टोल बिकाश संस्थाका अध्यक्ष देबेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आफ्नो एक वर्षे कार्यकालमा गरिएका कामहरु सार्वजानिक गरेका थिए। उनले टोल बिकाश संस्थाका सदस्यहरुलाई तीन महिनाको खानेपानीको बील टोल बिकाश संस्थाबाट… पुरा पढौ

भब्य समारोहका विच चीनमा १९ औं एसियाडको औपचारिक उद्घाटन

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् । सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन् । चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य… पुरा पढौ

कांग्रेसको अन्नपुर्ण गाऊंपालिका सम्मेलन सम्पन्न

असोज ६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिङ महरले बर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन । सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले भने कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए । नेपाली कांग्रेस अन्नपुर्ण गाऊंपालिका स्तरिय प्रथम सम्मेलनको आज अन्नपुर्णमा उद्दघाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा शिक्षा, स्वास्थ्य, सन्चार, जलबिधुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुरया्उन ध्यान नदिएको बताए ।केन्द्रिय… पुरा पढौ

गण्डकी बोर्डिङमा सिनियर लेभल अभिभावक दिवस

असोज ६ पोखरा । गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस मनाउने गण्डकीले विद्यार्थीलाई नै विविध क्रियाकलापमा सरिक गराउँछ ।कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न नृत्य, गायन तथा विविध प्रस्तुति दिएर अभिभावकलाई दंग पारे । विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीहरु पठनपाठनमात्र सीमित नभई चौतर्फी विषयमा ज्ञान हासिल गर्नुपर्ने बताए । उनले शिक्षाको गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहने बताए । अभिभावकतर्फबाट… पुरा पढौ

सिङ्गापूरे टोल विकास संस्थाको साधारण सभा

असोज ६ पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित सिंङ्गापूरे टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले मानवीय र सामाजिक कार्यका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए  । त्यस अवसरमा संस्थाका सल्लाहकार बोधराज घिमिरे, सदस्य राजेन्द्र बस्ताकोटी, भृकुटी टोल विकास संंस्थाका अध्यक्ष खेम नारायण शर्माले बोलेका थिए । साधारण सभाले सहसचिव टिक बहादुर गुरुङको वार्षिक र कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको आर्थिक… पुरा पढौ

पोखरा फाइनान्सका अध्यक्ष गुरूङद्वारा शपथ ग्रहण

असोज ६ पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन । कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर… पुरा पढौ

नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्षमा चन्द पुनःनिर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन । क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भए । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए । क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन। सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन। सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरे । सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह… पुरा पढौ

शिक्षक महासंघलाई शिक्षकको प्रश्न

असोज ६, पोखरानेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन तेस्रो दिनमा आइपुग्दा महासंघ र सरकारका बिचमा भएको सहमतिपछि आन्दोलन उपलब्धीविहीन तुहिएको छ । सहमतिमा विमति जनाउँदै शिक्षकहरु भने अझै पनि आन्दोलन गरिरहेका छन् र यसमा म पनि सहभागी रहेको छु । आन्दोलनमा सहभागी हुँदा हामी असल शिक्षकहरु आन्दोलनकारीको रुपमा परिणत भयौँ । देशव्यापी रुपमा जनसमर्थन बढ्दै थियो । शिक्षाविद, राजनीतिक दल, नागरिक समाज, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत धेरैजसो शिक्षासम्बन्धी सरोकार राख्ने सबैले आन्दोलनलाई वैचारिक र नैतिक रुपमा समर्थन गरेका थिए । लाखौँ… पुरा पढौ