समाचार

तीजको दर आश्रमलाई सहयोग

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिद्धारा नारिहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा–२५ हेम्जा स्थित मानव सेवा आश्रममा रु १५,०००। बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका छन् । पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर बिभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसर पारेर सहयोग गर्दै आएको कुरा महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । सहयोग हस्तान्तरण संगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना… पुरा पढौ

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्धारा कुशे औंशी तथा मोती विमर्श

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए । उनले मोतीराम र कुशे औँशीको स्मरण गर्दा एकातर्फ आफ्ना पिताप्रपिताको, अर्कातर्फ नेपाली गजलका पिताको स्मरण हुने भएकाले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लाग्नेहरू बीच… पुरा पढौ

घार्मीका दिदी वहिनी, पार्टी प्यालेश छाडेर चौरमै दर

पोखरा । तिजको दर खान भनेपछि, शहरका होटल र पार्टी प्यालेस एक महिना अगावैवाट वुकिङ्ग हुन्छन् । त्यतिमात्र नभई विभिन्न होटल तथा पाटी प्यालेस त तिज विशेष भन्दै महङ्गो सुचीमा मेनु नै सार्वजनिक गरेर विज्ञापन नै हालिरहेका हुन्छन् । आजकाल दिनहुँ दर खान होटल जानेहरुको लर्को शहरमा निकै नै देखिन्छ । रातो खालको सारी ढल्काएर मात्रै पुग्दैन त्यसमा छपक्क सुन भएन भने दर नै खल्लो हुने शहर वजारमा राती अवेरसम्म तिज गीत मात्र वज्दैन, डान्सीङ्ग गीतमा कम्मर मर्काएका दृश्य सामाजिक… पुरा पढौ

हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे पोखरा महानगर र कोइकाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर

पोखरा, भदौ २८ पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई संस्थाबीच रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन सम्बन्धी सम्झौता भई विहीबार पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत भएको हो । प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन् । यसअघि दुई संस्थाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । हाल यो परियोजना नेपाल सरकार र… पुरा पढौ

नेलम्बो नेपाल र लायन्स क्लबको संयुक्त दन्त शिविर सम्पन्न

पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बोले पोखरा १२ ढिकालेथरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त दन्त शिविरमा २०४ जना विद्यार्थी र शिक्षकहरुको चेक जाँच तथा औषधी उपचार गरिएको थियो । संस्थाले गरेका कार्यक्रम तथा उद्देश्यको वारेमा संस्थाका अध्यक्ष एक देव देवकोटाले प्रष्ट पार्नु भएको थियो । उनले एक गाडीमा अत्याधिक सुविधा सम्पन्न उपकरणहरु जडान गरी लक्षित समूदायलाई निःशुल्क दन्त चिकित्सा सेवा प्रदान गर्दै आईरहेको बताए । उक्त शिविरमा दाँतको परिक्षण, दँतको एक्सरे,… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका  आवाशिय प्रतिनिधि विच कागवेनीको पुन निर्माणका विषयमा छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षती पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको बताउँदै सहयोगकालागि यूएनडीपीको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारको सिमित स्रोत र साधनका विच पुन निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको… पुरा पढौ

आरकेडी उधमशिलता महिला क्लबको अध्यक्षमा संगिता

आरकेडी उधमशिलता महिला क्लबले बुधबार प्रथम अधिवेशन सम्पन्न गरेको छ । प्रथम अधिवेशनले अध्यक्ष संगिता गौतम तिमिल्सेना सहित ६ सदस्यीय कमिटी गठन गरेको हो । यसैगरि उपाध्यक्षमा गिता शर्मा तिमिल्सेना, सचिवमा हरिकला भुर्तेल गौतम, सहसचिवमा कविता भुषाल, कोषाध्यक्षमा कविता थापा अधिकारी र अन्य सदस्यहरु रहेका छन । उक्त संस्थाले विगत ३ वर्ष देखि महिला उद्यम र सशक्तिकरण सम्वन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । यस संस्थाको मुख्य उद्देश्य महिलाहरुलाई उद्यमी बनाई आर्थिक उन्नती गर्नु रहेको छ । पुरा पढौ

कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’

गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङकाजगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि ८/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर गएको केहीवर्षदेखि कुशेऔँसीको दिन उनको नत पुरोहित नै… पुरा पढौ

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । रासस पुरा पढौ

सुन प्रकरणको अनुसन्धान नरोकिने: सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्राल)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिए । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२… पुरा पढौ