समाचार

विकासका नाममा राजनीति नगरौँ: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उनले बताए । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले भने– “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र… पुरा पढौ

विश्व आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन। आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ । मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि… पुरा पढौ

आजको मौसम: देशभर सामान्य बदली

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने… पुरा पढौ

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण

पोखरा । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन् ।मञ्चको शनिबार भएको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज) चुनिए ।यस्तै, सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के चयन भएका छन् । मञ्चको कार्यसमिति सदस्यमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट,… पुरा पढौ

अमृतको शब्दमा सविनाको ‘रहर’

पोखरा । गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको लोकार्पण गरे । समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक लोकार्पण कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशन समेत उनैले गरेका हुन् । गीतमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय रहेको छ । गीतको छायांकन… पुरा पढौ

शहिद स्मृति आवासीय विद्यालय मझेरीपाटनमा रोटरी बगैचा निर्माण

पोखरा । रोटरी क्लव अफ पोखरा न्युरोडको आयोजना र बाबा फ़ाउण्डेशन नेपालको सहकार्यमा “रोटरी बगैचा” निर्माण गरिएको छ ।शनिवार शहिद स्मृति आवासीय विद्यालय परिसर पोखरा–१४, मझेरीपाटनमा फलफूलहरुको बिरुवा रोपण गरी “रोटरी बगैचा” निर्माण अभियान थालिएको हो ।विद्यालयमा एक आकर्षक फलफूलको बगैचा निर्माण गर्ने उद्देश्यका साथ आँप, लिचि, अम्बा, एभोकाडो, सिताफल, कागती, टिमुर, हलुवावेद, आरु, नासपति, बयर, अमला, मेवा, कटहर लगायतका बिरुवा रोपण गरी अभियानलाई अगाडी बढ़ाईएको कार्यक्रमका संयोजक बर्षा केसव पराजुलीले बताए । रोटरी क्लव अफ पोखरा न्युरोडले विद्यालय र विद्यार्थीको आवश्यकतालाई ध्यान… पुरा पढौ

आदर्श सहकारीको प्रशिक्षण कार्यक्रम

आदर्श बचत तथा ऋण सहकारी संस्था लि, पोखरा १३ आर्वाले  आफ्ना शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। शनिबार आर्वामा आयोजना गरिएको सहकारी  प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका अध्यक्ष  राजेन्द्र प्रसाद बरालले कार्यक्रमको औचित्य, सहकारीको लक्ष्य उध्येश्य तथा सहकारीको स्थापना देखि भावि योजना सम्मका बिषयमा  प्रशिक्षण एवं जानकारी  दिएका थिए। उनले आदर्श सहकारीको स्थापना देखि हालसम्मको सचित्र विवरणहरु प्रस्तुत गर्दै २०६२ सालमा २६ जना शेयर सदस्य बाट शुरु भएको सहकारीमा हाल… पुरा पढौ

भि.ए.डब्लु इन्टरप्राइजेजको माईलेज च्यालेन्जमा अन्जु प्रथम

पोखरा। पोखराको लागि यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकल पोखराको लागि आधिकारिक बिक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले यामाहा रेजेट-आर १२५ सी.सी.सेग्मेंटको माईलेज च्यालेन्ज सम्पन्न गरेको छ । नेपाली नारीहरुको सांस्कृति पर्व हरितालिका तीजको उपलक्ष्यमा शनिवार पोखरा नयाँबजार स्थित भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि. को प्रांगणबाट सुरु भएको च्यालेन्ज पोखराको विभिन्न चोकहरुमा परिक्रमा गर्दै २३ कि.मि. को दुरीमा राइड आउट गरिएको हो । कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेन्टमा सबै भन्दा उच्च माईलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रम गरिएको… पुरा पढौ

सहयात्रीको वार्षिकोत्सवमा शिविर

पोखरा । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार भएको छ । सभाले अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक हरिप्रसाद लामिछानेले पेश गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । सोही अवसरमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ५ जनाको सित्तै मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको हो । कार्यक्रममा दुखाई विशेषज्ञ डा हरि पौडेलले तीन महिनासम्म पनि कुनै… पुरा पढौ

महिला आफै प्रतिवद्ध बन्न् पर्छ: कांग्रेस नेतृ थपलिया

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलियाले घर, समाज र राजनीतिलाई महिला स्वयंले सम्हाल्नु पर्ने बताएकी छिन् । चेतनास्तर बृद्धि गर्न महिलाले ३ सत्ता पारिवारिक, सामाजिक र राज्य सत्तामा पहुँच बढाउन सुझाव दिइन् । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौ वार्षिक साधारण भेला तथा तीज विशेष कार्यक्रमको प्रमुख अतिथि थपलियाले परिपक्क परिवर्तन गर्न सवै समस्यालाई पन्छाएर नेपाली कांग्रेसले आन्तरिक राजनीतिक जीवन सञ्चालन गरेको बताइन् । समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा नेतृ थपलियाले समाज परिवर्तनको लागि… पुरा पढौ