समाचार

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहँुदै उहाँले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताउनुभयो । “गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।” नेपाली… पुरा पढौ

आमा समुहको कार्यक्रममा सन्देश मुलक तिज गित

दिदि बहिनी दाजु भाई तिजको शुभकामनासुस्वास्थ्य र दिर्घायुको हाम्रो कामनाटोलटोलमा जानु हुन्छ सचेतना जगाउदैपैचानको प्रतिक रङ मिलेका साडी लगाउँँदैसंस्कृति र संस्कार जोगाउनु छ मिलेरटोल विकासमा अघि बढौ एकजुट भएर गण्डकी । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले स्थानीय शुभकामना आमा समुहको २१ बार्षिक साधारण सभा एवम् तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सन्देश मुलक गित सुनाएका हुन् । एउटै रङका साडीमा सज्जिएका आमाहरुले तिज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उनले… पुरा पढौ

मदरल्याण्डको जिल्लास्तरीय हाजिरीजवाफमा बालमन्दिर प्रथम

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालयको व्यवस्थापनमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता विद्यालय प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ। रेडक्रसमा आबद्ध कास्की जिल्लाभरिका विद्यालयबाट ५३ समूहले भाग लिएको उक्त प्रतियोगितामा बालमन्दिर मा।वि। अन्नपूर्णका खुस्बु देवकोटा, विवेक घले र प्रशंसा श्रेष्ठको समूहले प्रथम स्थान हात पारेका थिए भने द्वितीय स्थान जनप्रिय मा। वि। पोखराका रविशङ्कर बैथ्या, सफल पोडेल र विवेक ढकालको समूहले हात पारेका थिए । तृतीय स्थान अमरसिंह मा.वि. पोखराका करिना काफ्ले, निलिमा रेग्मी र… पुरा पढौ

विद्यालय नाटक महोत्सवको तयारी तिव्र, तालिका सार्वजनिक

पोखरा । पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यहीं भाद्र २७ गतेदेखि सुरु हुने नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन हुनेछन् । महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए । महोत्सवको लागि… पुरा पढौ

पोखरामा बालन नाच देखाइयो

भदौ २२ पोखरा । पोखरामा श्रीकृष्ण लिला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउदै गइरहेको नाचको संरक्षण गर्ने उद्धेश्यले पोखरा सभागृह हलमा भव्य कार्यक्रम आयोजना गरेर बालन नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुती राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए । प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा… पुरा पढौ

राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक: खाल्डा पुर्न एक साताको अल्टिमेटम

सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो चुलिएपछि आयोजना कार्यालयले निर्माण व्यावसायीलाई एक साताको अल्टिमेटम दिएको हो । तीस महिनाको सम्झौता अवधि पूरा भइसक्दा यो सडकको जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको छ । सडक निर्माणमा भएको ढिलाइबारे बुझ्न गृह जिल्ला आउनुभएका नेकपा… पुरा पढौ

रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

काठमाण्डौं । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन् । यो वर्षको… पुरा पढौ

बागलुङका ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई… पुरा पढौ

प्रसारण लाइनको जग्गा अधिग्रहणमा तनहुँका स्थानीयवासी असन्तुष्ट

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा गुनासो सुनुवाइ नगरी एकतर्फी रुपमा जग्गा अधिग्रहणको सूचना प्रकाशित गरिएकामा विरोध जनाएका हुन् । प्रसारण लाइनको टावर पर्ने भनी उल्लेख गरिएको तारमुनिका बारेमा केही नबोलिएको भन्दै प्रसारण लाइनको सर्भे गर्दादेखि नै आयोजनाबाट वैज्ञानिक रुपमा नसोचिएको बताइएको छ । केही दिनअघिको भेलाबाट स्थानीय जग्गाधनीहरुले सरोकार समितिको गठनसमेत गरेका… पुरा पढौ

‘नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुहोस्’ : मुख्य सचिव डा अर्यालल

भदौ २२ काठमाण्डौं । सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी र भ्रष्टारमुक्त बनाउँदै नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी प्राथमिकताका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मुख्य सचिव अर्यालले मुलुकको प्रशासनिक संयन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । मूल समारोह समितिका अध्यक्षसमेत रहेका उनले भने, “परिवर्तित शासकीय संरचनाअनुरुप आफूलाई परिमार्जन र… पुरा पढौ