समाचार

कोशीमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न सर्वोच्चको परमादेश

भदौ २१ काठमाण्डौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोशी प्रदेशका प्रमुखका नाममा परमादेश जारी गरेको हो । “संविधानले निर्देश गरेका स्वाभाविक विकल्पहरूको तदनुरूप नै प्रयोग गरिनुपर्दछ”, आदेशमा भनिएको छ, “यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस… पुरा पढौ

वात्सल्य आई. भि. एफ. सातौं वर्षमा प्रवेश, ७ हजार बढी दम्पत्ती लाभान्वित

भदौ २० पोखरा । निःसन्तान दम्पत्तीहरुको सन्तान प्राप्तीको उपचार पद्धतीका क्षेत्रमा काम गर्दै आइरहेको वात्सल्य आई. भि. एफ. क्लिनिक स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । नेपालमा आधुनिक आई.भी.एफ.मा अग्रणी भूमिका खेल्दै आएको संस्था बुधबारबाट सातौं वर्षमा प्रवेश गरेको हो । स्थापनको सात वर्षमा प्रवेश गरेको क्लिनिकबाट हालसम्म सात हजार बढी दम्पत्तीले लाभ लिएको जनाइएको छ । क्लिनिकबाट सेवा लिने मध्य आई. भी. एफतर्फ तीन हजार बढी, आई. भी.एफतर्फ एक हजार ८ सय बढी, आई. यू. आई.मा दुई हजार दुई… पुरा पढौ

तायामचा नृत्य प्रतियोगिताका विजयी टोलीलाई नगद हस्तान्तरण

भदौ २१ पोखरा । नेवाः खलः कास्कीले तायामचा नृत्य प्रतियोगिता २०८० का विजयी टोलीहरुलाई आज नगद पुरस्कार हस्तान्तरण गरेको छ । नेवाः खलः कास्कीको आव्हानमा भदौ १६ गते पोखरा रानीपौवास्थित रानीपौवा तायामचा नाँच समितिको संयोजनमा रानीपौवामा नृत्य प्रतियोगितामा गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम स्थान हाँसिल गर्ने तायामचा नाँच समिति तेर्सापट्टीले नगद ३ लाख १ रुपैयाँ र सम्मान पत्र प्राप्त गरेको छ । दितिय हुने नयाँबजार सांस्कृतिक समितिले २ लाख १ रुपैयाँ तथा तेश्रो हुने भीमसेनटोल तायामचा नाँच समितिले नगद… पुरा पढौ

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८… पुरा पढौ

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय… पुरा पढौ

गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा…

अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि प्रकृतिमय पोखराका चुनौती हुन् । यसले स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पु¥याइरहेका छन् । सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा । सडक छेउछाउ देखिने तारको जालो,… पुरा पढौ

ऐतिहासिक वाटुलेचौर तीज मेलाको निरन्तरता, मेलाको तयारी शुरु

पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी असोज १ गते स्थानिय हिमालय क्लवको आयोजनामा मेला हुन लागेको क्लवले जनाएको छ । विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथामिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागी गर्न लागिएको निवर्तमान अध्यक्ष मोहन थापाले बताए ।… पुरा पढौ

गृहमन्त्रीलाई महामन्त्री थापाको प्रश्न– ‘के हामी काठमाण्डौमा एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उनी घाइते भएका थिए। “मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ”, उनले भने । सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको… पुरा पढौ

बागलुङको गलकोटमा इलाका प्रशासन कार्यालय राख्न माग

बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला प्रशासन कार्यालय मार्फत् गृहमन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलकोटमा इलाका प्रशासन कार्यालयका स्थापना गर्न सिफारिस गरिएकोे जानकारी दिए । सो स्थानमा इलाका प्रशासनको माग भने चार वर्षदेखि गरिँदै आएको छ । गलकोटको हरिचौरमा रहेको बागलुङको जिल्ला सदरमुकामलाई २०१९ सालमा बागलुङ बजार ल्याइएको थियो । बागलुङ जिल्ला सदरमुकाम बागलुङ… पुरा पढौ

सङ्खुवासभामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिए । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताए । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको… पुरा पढौ