भदौ २० पोखरा । बाघ मारेर सेलाएपछि पोखरामा भएको तीन दिने बाघ जात्रा समापन भएको छ । जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा सोमबारदेखि शुरु भएको बाघ जात्रा बुधबार सम्पन्न भएको हो । बाघ जात्राको अन्तिम दिन नेवा छेँ भवन नदीपुरबाट शुरु भएको जात्रा नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, शितलदेवी, गौंडाकोमुख, अमरसिंहचोकहुँदै पोखरा रंगशालामा आएर बाघ मार्ने कार्यक्रममा परिणत भएको थियो । हजारौं सर्वसाधारणको भीडकाबीच बाघ मार्दा हर्षोल्लास छाएको थियो । जात्राको मुख्य उद्देश्य…
पुरा पढौ