समाचार

कास्कीका सांसदहरुलाई शिक्षक महासंघले बुझायो ज्ञापनपत्र (फोटो फिचरसहित)

भदौ १ पोखरा । नेपाल शिक्षक महासंघ कास्कीले विभिन्न माग राख्दै संघिय र गण्डकी प्रदेशसभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुले उठाएका विभिन्न मागहरुको सम्बोधनको माग गर्दै महासंघले शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच कास्कीकाबाट प्रतिनिधित्व गर्ने संघिय र प्रदेश सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा शिक्षकहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शिक्षकहरुको मागलाई संसदमा छलफलको विषय बनाउने बताइन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच भएका सबै सहमतिहरु संघिय शिक्षा ऐनमा समेटिनुपर्ने… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

भदौ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४… पुरा पढौ

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

भदौ १ पोखरा । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो । ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैं सडकमा निस्किएका थिए । पोखराको औद्योगिक… पुरा पढौ

संसद्लाई बन्धक बनाउन मिल्दैन :रास्वपा सभापति लामिछाने

भदौ १ झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । “जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।” पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत… पुरा पढौ

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

भदौ १ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री प्रचण्डले भने, “संहितालगायत सबै कानून कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।”उनले कतिपय कानून समयानुकूल संशोधन गर्दै… पुरा पढौ

हुम्लाबाट आशिष रावत २२ दिन देखि वेपत्ता,मुग्लिनबाट पोखरा आएको आशंका

पोखरा । हुम्लाको सिमकोट वडा नं. ५ का आशिष रावत परिवारको सम्पर्कमा नआएको आज २२ दिन वितिसक्दा पनि अझै फेला परेका छैनन् । गत साउनको १२ देखि नेपालगञ्जबाट उनी वेपत्ता भएका हुन् । भर्खरै मात्रै एसईई दिएका कालो वर्णका १७ वर्षिय रावत ५ फिट ६ ईन्च अग्लो, खैरो व्याग बोकेको, रातो रङको फुटवल जर्सि लगाएको र साईकलको पछाडी फुटवल बोकेको अवस्थामा उनी बेपत्ता भएको उनका काका सुशान्त रावतले जानकारी दिए । उनका काका सुशान्तका अनुसार हुम्लामा एसईई दिएर नेपालगञ्ज आफन्तकोमा… पुरा पढौ

पोखराको नागढुंगास्थित चरक हस्पिटलले गर्‍यो सफलतापूर्वक छाती चिरेर मुटुको शल्यकृया

पोखरा, भदौ १ पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले छाती छिरेर मुटुको शल्यकृया अर्थात ओपन हर्ट सर्जरी गरेको छ । अस्पतालले गण्डकी प्रदेशमै पहिलो पटक पोखरा–२० भलामका ४५ वर्षिय विष्णु गौतमको छाती चिरेर सफलतापूर्वक शल्याकृया गरेको हो । मुटुको दुईवटा नशा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका गौतमको करीब ४ घण्टा लगाएर मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको चरक अस्पताल नागढुंगा पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गौतमको… पुरा पढौ

‘गल्फ्रेन्ड छोडे मैले’ भन्दै नायक पल शाह (भिडियोसहित)

पोखरा । लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि।कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा चर्चित नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी… पुरा पढौ

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो । “गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,“ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ । हत्यापछि सरकारी… पुरा पढौ

विपद् न्यूनीकरण गर्न जुट्दै तनहुँका स्थानीय तह

तनहुँ । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले समेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न र पहिरो रोकथाममा भएका प्रयास पर्याप्त देखिँदैनन् । यद्यपि, भू तथा जलाधार व्यवस्थापन कार्यालय तथा जिल्लाका १० वटै पालिकाले बाढी र पहिरोको क्षतिलाई न्यूनीकरण गर्ने गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएका छन् । व्यास नगरपालिका मादी र सेती नदीको कटान क्षेत्रमा पर्दछ… पुरा पढौ