समाचार

उपप्रमुखसंग महिला कार्यक्रम बारे महिला जनप्रतिनिधिसंग छलफल

पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् ।कार्यक्रमबाट आर्थिक वर्ष २०७९÷८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ । लगानी गरिएका मध्य ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि १ करोड ५० लाख विनियोजन भएको छ भने ऋण लगानीबाट फिर्ता आएको १ करोड ७५ लाख ९५ हजार ८ सय रुपैयाँ कोषमा मौजात रहेको छ । चालु आर्थिक वर्षका लागि… पुरा पढौ

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए । समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा संशोधन प्रस्ताव… पुरा पढौ

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् । चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए । “रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी… पुरा पढौ

स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी

स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् । शान्ति कफी… पुरा पढौ

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपराह्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही भदौ ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज… पुरा पढौ

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको… पुरा पढौ

पढ्न उमेरले छेक्दैन,३७ वर्षको उमेरमा एसइई उत्तीर्ण

गलकोट । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएकी वडा नं १ भुस्कातकी गौरीमाया गुरुङको पढ्ने इच्छालाई उमेरले पनि रोक्न सकेन । उनले ३७ वर्षको उमेरमा अहिले माध्यामिक शिक्षा परीक्षा (एसइई उत्तीर्ण) भएका छन् । भुस्कातस्थित जनप्रेम माध्यमिक विद्यालयमा २०५९ सालमा ८ कक्षा पढ्दा नै वैवाहिक जीवनमा बाँधिएकी गुरुङको पढ्ने सपना अधुरै बन्यो । १७ वर्षको उमेरमा विवाहपश्चात् पढाई छोडेकी गुरुङले दुई छोराको जन्म भएपछि पुनः ९ कक्षा पास गरे तर घरायसी समस्याका कारण पढाईलाई निरन्तरता दिन सकेनन् । “पढ्ने रहर त… पुरा पढौ

बागलुङमा पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

ढोरपाटन । आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही मुखुण्डोसँगै रङ्गीविरङ्गी कपडा लगाएर नाच्छन् । नाच्ने मान्छेको अनुहार मुखुण्डोले छोपिएको हुँदा चिन्न सकिदैन । यस्तो नाच हेर्नेको बजारमा भीड देखिन्छ । साउने चर्तुदर्शीदेखि सुरु भएको उक्त नाच तीजको दिनसम्म नाचिन्छ । यसलाई नेवार समुदायले ‘लाखे नाच’ भन्छन् । रहेक वर्ष यसै समयमा नाचिने लाखे नाच खासमा आकर्षक र अनौठा दृश्य देख्न पाइन्छ । “पहिले–पहिले लाखे… पुरा पढौ

मनाङका अधिकांश झोलुङ्गे पुल बाढीले बगायो,विद्यालय र स्वास्थ्यचौकी जान समस्या

मनाङ । हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् । पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन् । वडा कार्यालय तथा स्थानीय सरकारले मात्रै यस खोलामा पुल बनाउनसक्ने अवस्था नहुँदा यस्तो समस्या भोग्नुपरेको वडा नं ६ का वडाध्यक्ष ओम गुरुङले… पुरा पढौ

तनहुँ मौरी चरन क्षेत्र क्षेत्रका लागि उपयुक्त

तनहुँ । मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा… पुरा पढौ