समाचार

कालिका मावि व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ

पोखरा, साउन २३ रुपा गाउँपालिका वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन भएका छन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल छन् भने समितिको अन्य सदस्यहरुमा बालमणी पौडेल, सूर्यबहादुर गान्छाकी मगर, मनमाया गिरी, रिता विक, कविता मास्की र रुपा–१ का वडाध्यक्ष रामबहादुर गोदार चयन भएका छन् । भेला निवर्तमान अध्यक्ष विकास खनालको अध्यक्षतामा भएको थियो । पुरा पढौ

बेनी–जोमसोम सडक सधैँ सास्ती

‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । छयत्तर किलोमिटर दूरीको… पुरा पढौ

विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन । आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हून। प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनस्र्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ । काठमाडौँ उपत्यकामा समेत बाढी… पुरा पढौ

पोखरामा बढ्यो आँखा पाक्ने रोग : तीन दिन स्कुल बन्द

पोखरा, साउन २३ आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिन बन्द गरिने भएको छ । आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले पोखरा महानगर भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो । पोखरामा आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा सोमबार सरोकारवालाको बैठक बसेको थियो । सो बैठकले आँखा पाक्ने रोगको संक्रमणको चक्रलाई रोक्नका लागि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जारी… पुरा पढौ

प्रधानमन्त्री दाहालसँग युरोपेली सङ्घका राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ । रासस पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको… पुरा पढौ

लम्पी स्किन: गण्डकी प्रदेशका एक लाख बढी गाईभैँसीलाई खोप

गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले… पुरा पढौ

अन्तराष्ट्रिय पर्वतिय संग्राहलयमा पोखरा संस्कारको वृक्षरोपण

साउन २३ पोखरा । पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । लायन्स क्लव अफ पोखरा संस्कारको आयोजनामा मंगलबार राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो । कार्यक्रमको लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालका द्वितिय भाइस गर्भनर एकनारायण शर्माले उद्घाटन गरे । उनले कार्यक्रम संयोजक गोकर्ण सुबेदीलाई विरुवा हस्तान्त्रण गर्दै क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यहरुको प्रशंसा गरे । रोपिएका बिरुवाको संरक्षण सबैभन्दा महत्वपूर्ण भएकाले त्यसतर्फपनि ध्यान… पुरा पढौ

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

काठमाण्डौं । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्ेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका… पुरा पढौ

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा… पुरा पढौ