समाचार

सञ्चारकर्मी सिञ्जालीद्वारा सहयोग हस्तान्तरण

पोखरा । सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्वारा चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीको जग्गा खरीद र कागवेनी बाढी पीडीतका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । कान्तिपुर पार्टी प्यालेस वुद्घचोकमा आयोजित एक कार्यक्रममा उनले जग्गा खरीदका लागि रु. १५ हजार र मुस्ताङ कागवेनी बाढी पीडीतहरुको राहतको लागि रु.१० हजार सहयोग हस्तान्तरण गरे । सहयोग रकम ग्रहण गर्दै चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घि राम लम्सालले सहयोग दाता सिञ्जालीलाई धन्यवाद दिदै समाज भवन निर्माणको लागि जग्गा खरीद प्रक्रिया अगाडी बढेकाले सवैलाई सक्दो… पुरा पढौ

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईने

कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो । लामाचौर र वडा नं २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि… पुरा पढौ

कास्कीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ । दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको… पुरा पढौ

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण सुरु

म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपद्मा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले बाढीपीडित… पुरा पढौ

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडकअन्र्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ । सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराले… पुरा पढौ

सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न

पोखरा । २९ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा तामाङ पत्रकार संघ कास्कीले शनिबार तामाङ बौद्ध सेवा समितिको सभाहलमा सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबि गुरुङले आफ्नो जातिय पहिचान र अस्तित्व रक्षाका निम्ति स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताए । स्वच्छ र निष्पक्ष पत्रकारिता गर्दै तामाङ समुदायको मौलिक सँस्कृति, कला र गतिविधिका विषयमा कलम चलाई प्रविधिको माध्यमबाट राज्यका निकायसँग पनि समन्वय र सहकार्य गर्दै समाजको विकासमा योगदान दिनुपर्नेमा… पुरा पढौ

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको भोलि ससदीय सुनुवाइ हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उहाँको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो । समितिको सोमबार बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग… पुरा पढौ

माकाजूको ‘सफलताका कथाहरू’ लोकार्पण

अग्रज साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५ औं कृति सफलताका कथाहरू शनिवार पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यका लागि ध्यान दिनुपर्नेमा जोड दिए । उनले कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक उर्जाका लागि प्रेरित गर्ने भएकाले त्यसमासमेत ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे । शिक्षासेवी प्रा।डा। रामचन्द्र पोखरेलले माकाजूको लेखन विषयको सार्थकता केन्द्रित रहने गरेकोमा आफूलाई खुसी लागेको… पुरा पढौ

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

भदौ २ धुलिखेल । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे । नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।” मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन… पुरा पढौ

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा

भदौ २ इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । उनले भने, “अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।” नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने… पुरा पढौ