समाचार

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए। “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उनले… पुरा पढौ

पर्वतमा बाँदरबाट क्षति रोक्न वैकल्पिक बालीका रुपमा तरुलखेती

पर्वत । गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् । बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुलखेती गर्न थालिएको छ ।… पुरा पढौ

विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो… पुरा पढौ

पोखरा फुटवयर बिजनेस सेन्टरकाे छुट अफर

पोखरा । पोखराको सिर्जनाचोकमा सञ्चालनमा आएको ‘पोखरा फुटवयर बिजनेस सेन्टर’ले विशेष छुट अफर ल्याएको छ । बिजनेस सेन्टरमा जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ । कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजकको भनाइ छ । बिजनेस सेन्टरमा १० वटा कम्पनीका जुत्ता चप्पलहरुको शोरुम राखिएको छ । सबै ब्राण्डका जुत्ता चप्पल खरिदमा यो अफर तथा छुट लागु… पुरा पढौ

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता

पोखरा । सकारात्मक सोचको विकासका लागि युवाहरूमा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्ङद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता बिहीबार विद्यालयको प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशभरिबाट ९८ कविताहरू दर्ता भएका थिए भने तीमध्ये लेखाइबाट छनोट भएका ७३ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । सहभागी सम्पूर्ण कविताहरू सकारात्मक सोचको सेरोफेरोमा रहेर लेखिएका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम स्थान हात पारेका थिए भने चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराईले द्वितीय स्थान… पुरा पढौ

गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

गत आर्थिक वर्ष २०७९र८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा आवमा खाद्य… पुरा पढौ

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौँ महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए । उनका अनुसार… पुरा पढौ

प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन । उनले भने, “आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ ।” नेपाल विद्युत् प्राधिकरणको… पुरा पढौ

गण्डकी प्रदेशमा वन पैदावारबाट रु. २० करोड आम्दानी

वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । रु ११ लाख ७४ हजार पाँच सय ६६ क्युफिट काठ, २८ सय ३२ चट्टा दाउरा र ८० हजार पाँच सय ८४ किलो जडीबुटी बिक्री भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार सोही अवधिमा मन्त्रालयले रु १३ करोड ४३ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । दण्ड–जरिवाना,… पुरा पढौ

बागलुङमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ । तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा रु एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको… पुरा पढौ