समाचार

घरबास प्रवर्द्धनकोे माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’

बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो । जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ । यहाँ गुरुङलाई ग्रामीण पर्यटनका पिता भनेर चिनिने गरिन्छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति उद्यानमा अहिले सम्म रु ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यसका लागि मूलाबारी भ्युटावर, सङ्ग्रहालयसँगै उद्यान निर्माण गरेपछि घरबासमा आउने पर्यटकसमेत वृद्धि… पुरा पढौ

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका… पुरा पढौ

बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक बाह्रदिनपछि खुल्यो

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । “सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,” उनले भने “मौसममा… पुरा पढौ

बागलुङको बुकीमै गोठालाको उपचार

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका… पुरा पढौ

जहाज पर्खिँदा पर्खिँदै हुम्लाका चार बालकले गुमाए ज्यान

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन् । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही,… पुरा पढौ

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए । पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ… पुरा पढौ

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को… पुरा पढौ

परिमार्जित शिक्षा ऐेनको माग गर्दै शिक्षकहरु आन्दोलनमा, समन्वयमा धर्नासहित ज्ञापनपत्र बुझाइयो (फोटो फिचरसहित)

पोखरा । यतिबेला देशभरका शिक्षकहरु आन्दोलित छन् । संघीय शिक्षा ऐन २०८० मा शिक्षकका अधिकांश मागहरु सम्बोधन नगरिएको भन्दै शिक्षकहरु आन्दोदित भएका हुन् । आन्दोलनको पहिलो चरण अन्तर्गत आफ्ना जायज मागहरु सम्बोधन गरि शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, कास्कीले मङ्गलबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले राज्यले समाजका बुद्धिजीवी वर्ग शिक्षकका जायज माग पूरा हुनुपर्नेमा जोड दिँदै चरणबद्ध आन्दोलनका माध्यमबाट समग्र शिक्षामैत्री शिक्षा ऐन जारी… पुरा पढौ

शिक्षा ऐनको माग गर्दै महासङ्घको आन्दोलन जारी

पोखरा । आफ्ना माग सम्बोधन गर्दै सङ्घीय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, कास्कीले मङ्गलबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । शिक्षक महासङ्घको केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत दोस्रो कार्यक्रमका रूपमा देशैभर जिल्लस्तरीय धर्ना दिने क्रममा कास्कीमा पनि धर्ना दिइएको महासङ्घ कास्कीका सचिव मनिराम कडेलले जानकारी दिए । कास्की अध्यक्ष बोधराज पौडेलले शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए । आचार्यले शिक्षकहरूका जायज माग पूरा हुनुपर्ने आफ्नो… पुरा पढौ

पेट्रोल, डिजल र मट्टीतेल मूल्य बढ्यो

साउन ३० काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मंगलबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ । निगमले खाना पकाउने एल.पी. ग्याँसको मूल्य भने यथावत् रहेको जनाएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर… पुरा पढौ