समाचार

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा… पुरा पढौ

किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा

पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो, । तर अहिले आफ्नै वडाको ठूलीपोखरीमा किसान बजारस्थल खुलेपछि उत्पादित तरकारी बिक्री गर्न गुरुङलाई शान्तिवन धाउनुपर्ने अवस्था हटेको छ । पोखरा–१९ पुरनचौरका किसान तुल्सी बाँस्तोलाको पीडा पनि गुरुङकै जस्तै छ । आफ्नो बारीमा… पुरा पढौ

केन्द्रीय समिति बैठकका सम्बन्धमा माओवादी पदाधिकारीबीच छलफल

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीबीच आसन्न केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको सचिव चक्रपाणि खनालले जानकारी दिए । “केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने, पदाधिकारीको सुझाव के छ, भन्नेबारेमा छलफल भयो”, उनले भने, “केन्द्रीय समितिको बैठकअगावै स्थायी समिति बोलाउने र स्थायी समिति बैठकबाट केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र पूर्णरूपमा कसरी लैजाने भन्नेमा अध्यक्षबाट ‘ब्रिफिङ’ भयो ।” केन्द्रीय समितिको तयारीस्वरुप भोलि पनि बैठक… पुरा पढौ

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ : सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् । आज पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् । उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।” सभापति लामिछानेले जनताको भारी मतले… पुरा पढौ

बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्न : सुरेन्द्रराज पाण्डे

साउन १३ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’ उनले भने । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा… पुरा पढौ

नेवा ल्याम्ह पुच : कास्कीको अध्यक्षमा विनित जोजिजु

पोखरा १३ साउन । नेवा ल्याम्ह पुच : कास्की को चौथो अधिवेशनले विनित जोजिजुको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा शुरेश कुमार श्रेष्ठ ,दितिय उपाध्यक्षमा राजिव खिचाजु ,महासचिव रोशन मान्नधर , उपमहासचिव सविन श्रेष्ठकोषाध्यक्ष जिवन मर्सानी सहकोषाध्यक्षमा आस्मा श्रेष्ठलाई कार्य समिति पदाधीकारीमा चयन गरेको हो । कार्यसमितिसदस्यहरुमा प्रशान्त श्रेष्ठ , प्रदिप श्रेष्ठ , अविजित श्रेष्ठ , रोमनमान श्रेष्ठ ,सलिना माकाजु , रोहित श्रेष्ठ , मोनिका श्रेष्ठ , नरेश श्रेष्ठ , शशांक प्रधान… पुरा पढौ

एमालेलाई एकमना एकताका साथ अगाडी बढाइने – बिष्ट

पोखरा, १३ साउन । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज गोकर्ण बिष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिने बताएका छन् । उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिका टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताको लागि शनिबार गरेको अनुशिक्षण कार्यक्रममा नेता बिष्टले नकारात्मक टिका टिप्पणी नगर्न तथा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे । एकमना एकताका साथ पार्टीको काममा जुट्ने कामको सरुवात कास्कीबाट… पुरा पढौ

‘सपना देख्न आँखा होईन, हिम्मत चाहिन्छ’:ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष केसी

पोखरा । यहाँको पालिखेचोकस्थित प्रतिभा माविले विज्ञान विषय अध्ययन गर्नेगरि विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमूखिकरण गर्दै आएको विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीका लागि अभिमूखिकरण गर्नेगरि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष श्रृष्टि केसीलाई निम्त्याएको थियो । दशकक्षामा अध्ययनरत रहँदा गलत उपचारले दृष्टि गुमाएकी केसी हाल दृष्टिविहीको क्षेत्रमा काम गर्दै आएकी छिन । दृष्टि गुमाएपछि सबैले भविश्य सकिएको भनेर गुनासो गरिरहँदा केसीले भने अध्ययनमा अब्बलता देखाएर… पुरा पढौ

बागलुङ–घोडाबाँधे सडकःमहिना दिनमै उप्कियो कालोपत्रे

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ । एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप… पुरा पढौ

स्वास्थ्य शिविरबाट बारपाकका छ सय ४१ लाभान्वित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ । शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उनले बताए । वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता… पुरा पढौ