पेट्रोल, डिजल र मट्टीतेल मूल्य बढ्यो


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित




साउन ३० काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

मंगलबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ । निगमले खाना पकाउने एल.पी. ग्याँसको मूल्य भने यथावत् रहेको जनाएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ तोकिएको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।