समाचार

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकि हुन । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।… पुरा पढौ

गेटवय फाउन्डेशन नेपालले फुटसल प्रतियोगिता गर्ने

गेटवय फाउन्डेशन नेपालले पुर्व लागुऔषध प्रयोगकर्ता बिच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लामो समय देखि लागुऔषध उपचार तथा पुर्नस्थापनाको क्षेत्रमा काम गर्दे आईरहेको यस संस्थाले भदौ २० गते देखि संञ्चालन हुने पुर्व लागुऔषध प्रयोगकर्ता बिच फुटसल प्रतियोगितामा लगभग १५ टिम सहभागि हुने प्रतियोगिताका संयोजक रोशन गुरूङले जानकारी दिए । लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ, लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ भन्ने अभिप्रयका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको संयोजक गुरूङले बताए । दुई दिन… पुरा पढौ

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो । स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठक स्थगित

आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ । ‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो । विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित… पुरा पढौ

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : डा भट्टराई

साउन २८ कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताए । “उच्च पदस्थहरुबाटै पनि धेरै ठूला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।”, उनले भने, “दोषी कोही छुट्नु हुँदैन ।… पुरा पढौ

अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत

साउन २८ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन् । विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा आज आयोजित अन्तरक्रियामा उनले भने, “पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ ।” सो निःशुल्क व्यवस्था लागु भएको दुई÷तीन महिनाको अवधिमा सयौँ बिरामीले… पुरा पढौ

जनमत पार्टीकी अनिता देवीले भोलि पद तथा गोपनीयताको शपथ लिने

साउन २८ काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउँदै जनमतलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो । जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने… पुरा पढौ

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

साउन २८ काठमाण्डौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन… पुरा पढौ

जेसीज सप्ताह : भवानी कालिकामा लेडी जेसीजद्वारा स्टेश्नरी सामाग्री वितरण

साउन २८ पोखरा । पोखरा लेडी जेसीजले भवानी कालिका माध्यमिक विद्यालयमा स्टेश्नरी तथा आवश्यक सामाग्री वितरण गरेको छ । जेसीज सप्ताह अन्र्तगत सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको जेसीजले तेश्रो कार्यक्रम अन्र्तगत पोखरा –२६ विजयपुर स्थित भवानी कालिका मा.वि.मा आइतबार शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । उनले विद्यालयमा अध्यनरत महबुब अन्सारीलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्दै कर्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत ६० जना बढी बालबालिकाहरुलाई स्टेश्नरीसहित विद्यालयका… पुरा पढौ

प्रदेशमन्त्री थापासंग ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग गरिएको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती बेहोर्नु परेको भन्दै मागको सम्बोधन गर्न आग्रह गरे । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग सम्बोधनका लागि सरकारले पहल गर्ने विश्वास व्यक्त गरे । ज्ञापनपत्रमा गण्डकी सरकारको… पुरा पढौ