समाचार

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

तनहुँ । भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ । तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् । “के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन”, पाउदुरे नाच्दै गर्नुभएकी मनिषाले भने, “त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई… पुरा पढौ

पर्वत जीप दुर्घटना अपडेट : थप एकको मृत्यु

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १… पुरा पढौ

सुरज पण्डितको सिंहदरवार दुई सार्वजनिक

लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ। कर्णालीका गायक भनेर आफ्नो पहिचान बनाएका सुरजका गीतहरुमा प्राय शोषित पीडित जनताहरुको आवाज सुन्न पाइन्छ ।उनका रेलको बाटो, सिंहदरवार , मिरा, छुकछुक छुकछुक लगायतका गीतहरु निकै चर्चित छन् । भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार (जुरेली) र हेमन्त कान्छा रसाइलीले अभिनय छ ।भिडियोको परिकल्पना र निर्देशन लक्ष्मण सुनारले गरेका छन् । पुरा पढौ

पर्वतको दुर्लुङमा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते

पर्वत । पर्वतको देउरालीमा शनिबार साँझ भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्वतको कुश्माबाट दुर्लुङतर्फ जाँदै गरेको ग १ ज ५२२९ नम्वरको जीप कुश्मा नगरपालिका–३ देउराली भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा ३ की वर्ष ७ की सितल वि.कको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते सितललाई उद्दार गरि पर्वत जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्य… पुरा पढौ

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् । बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”… पुरा पढौ

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन् । नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए । उनले भने, “ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम… पुरा पढौ

मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनिहरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताए । सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उनले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताए । “गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश… पुरा पढौ

गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए । होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको… पुरा पढौ

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री देउवाले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।” पार्टी उपसभापति एवं कानुन, न्याय तथा… पुरा पढौ

नेवाः खलः कास्कीद्वारा वाद्यवादनका सामग्री हस्तान्तरण

असार ३० पोखरा । नेवाः खलः कास्कीले पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको भण्डारढिक नेवाः खलः र वडा नं ३३ को भिमसेन नेवाः खलः आबुभञ्याङलाई तायमचा नृत्यका लागि चाहिने वाद्यवादन र नृत्य सामग्रीहरु हस्तान्तरण गरेको छ । नेवाः छे कास्कीमा शनिबार आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पदाधिकारी लगायतले हस्तान्तरण गरे सो अवसरमा पूर्व निर्धारित तालिका अनुसार यसपालि पोखरामा भदौ १६ गते रानीपौवामा तायमचा नृत्य प्रतियोगिता आयोजना गरिने पालिखेले जाननकारी दिए । अघिल्लो वर्ष २०८०… पुरा पढौ